अर्थ

चितवनका व्यवसायीले चितवन मेडिकल कलेजमा सहुलियत पाउने

Banner

चितवन, कात्तिक २९-

उद्योग वाणिज्य संघ चितवनमा आवद्ध व्यवसायीलाई चितवन मेडिकल कलेज भरतपुरले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ ।

उद्योग वाणिज्य संघ–चितवन र चितवन मेडिकल कलेज (सीएमसी) बीचआज छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्वअन्र्तगत रही संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्न शिल रहेको बताउँदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने चितवन मेडिकल कलेज प्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमममा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले उद्योग वाणिज्य संघ चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउँदा खु्सी लागेको बताउँदै आगामी दिनहरुमा पनि यस किसिमका छुट उपलब्ध गराउँदै लैजाने बताउनु भयो । सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरुले संघबाट छुटको परिचयपत्रसहित सदस्यता परिचयपत्र देखाउनुपर्ने तर संघको सदस्यता नविकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो ।

सदस्यहरुले ओपीडी टिकट र इर्मजेन्सी सेवामा बाहेक अन्यमा २५ प्रतिशत छुट पाउने कार्यकारी निर्देशक केसीले बताउनु भयो । सम्झौतापत्रमा संघका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन मेडिकल कलेजका तर्फबाट प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गर्नुभएको हो । सम्झौतामा हस्ताक्षर कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरञ्जिवी सुवेदी, स्वास्थ्य संयोजक धनप्रसाद पोखरेल र कार्यकारी निर्देशक निलबहादुर केसीको उपस्थिति रहेको थियो । छुट सुविधा संघका सदस्यका परिवारका सदस्यले समेत प्राप्त गर्नेछन् । सदस्यको सुविधाको लागि संघले अन्य अस्पताललगायत सेवा प्रदायक सँग पनि यस किसिमका सम्झौता गर्ने संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>