चितवन विशेष

नारायणगढमा साल्ट ट्रेडिङको सहुलियत पसलबाट १६ लाख बढी आम्दानी

Banner

पुजा ढकाल

चितवन, कात्तिक २३-

साल्ट ट्रेडिङले नारायणगढमा चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरिएको सहुलियत पसलबाट राम्रो आम्दानी गरेको छ ।

साल्ट ट्रेडिङ कार्पेरेशनले चितवनका नागरिकलाई लक्षित गर्दै असोज १ गतेदेखि कात्तिक १३ गतेसम्म सञ्चालन गरिएको सहुलियत पसल पसलबाट १६ लाख तीन हजार ३८८ रुपैयाँ आम्दानी गरेको हो ।

उक्त सहुलियत पसलमा दाल, चामल, नुन, चिउरा, तेल, जिरा, मसौरा, मसला, मिक्स मसला, खुर्सानी, चना, केराउ, मैदा, चिनी, चियापत्ती, साबुनलगायतका किराना सामान राखिएको थियो । तर, पसलमा चिनी भने थिएन ।

साल्ट ट्रेडिङ चितवनका प्रबन्धक निर्देशक बुद्धि विनोद अधिकारीले राज्यले साल्ट ट्रेडिङ कार्पेरेशनलाई आगामी वर्ष चिनी उपलब्ध गराए अन्य किराना सामान सँगै चिनी पनि बिक्री तथा बितरण गर्ने बताउनुभयो । फाइदा भन्दा पनि सेवा दिने उद्देश्यले यस वर्ष सञ्चालन गरिएको सहुलियत पसलमा उपभोक्तालाई २ देखि १५ रुपयाँ सम्म छुट दिइएको अधिकारीको भनाइ छ । उहाँले भन्नु भयो, ‘काठमाडौँमा दाल, चामलको मुल्य किराना पसलमा भन्दा महंगो थियो तर चितवनको हकमा भने सस्तो नै थियो, हामीले किराना पसलको भन्दा सस्तोमा उपभोक्तालाई सामान उपलब्ध गराएका थियौँ ।’
साल्ट ट्रेडिङले चितवनसहित देशभर ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गरेका थिए । सहुलियत पसलमा नुन, चामल,  गेडागुडीदेखि मासुसमेत छुट मूल्यमा वितरण गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>