Breaking News

चितवन १ मा डा.विश्व पौडेलको घरदैलो अभियानः बढ्दै समर्थन (फोटो फिचर)

Banner

चितवन, कात्तिक २०–

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं.१ का प्रतिनिधिसभाका उम्मेदवार डा.विश्व पौडेलले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

आज (आइतबार) विहानैदेखि उम्मेदवार पौडेल राप्ती नगरपालिकामा घरदैलो गरेका छन् । प्रदेशसभा १ (क)का उम्मेदवार किरण भुषण ओलीसंगै डा.पौडेल विहानैदेखि घरदैलो अभियानमा निस्किएका हुन् । उनले जनतासंग पूर्वीचितवनको विकासको मार्ग चित्र प्रस्तुत गरेका छन् । विगतका वर्षहरुमा जनप्रतिनिधिले गतिलो काम गर्न नसक्दा पूर्वीचितवनले विकासमा फड्को मार्न नसकेको भन्दै आफू यस ठाउँको विकासका लागि चिन्तित रहेको बताए ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा लोथरहुँदै ड्यामसाइड भएर सौराहा निस्किएको स्मरण गर्दै डा.पौडेलले विगतका जनप्रतिनिधिले बाचा अनुसार काम गर्न नसक्दा अवस्था जस्ताकोतस्तै रहेको बताए । उनले अब जनताले पुरानै अनुहारको साटो सक्षम र अनुभवी व्यक्तिलाई जिताउन आवश्यक रहेको बताए । ‘विगतमा तपाईहरुले आश्वासन मात्रै पाउनु भयो, काम भएन, यसपटक म आएको छु, तपाईहरुको समस्या समाधान गर्न दत्तचित्त भएर लाग्नेछु’–डा.पौडेलले भने ।

डा.पौडेल आइतबार राप्ती नगरपालिका, ५, ६, ७ र ८ गरि ४ वटा वडामा घरदैलो गरेका थिए । सो क्रममा स्थानीयहरुले डा.पौडेललाई शुभकामना दिएका थिए । मतदाताहरुले यसपटक नयाँ व्यक्तिलाई छनोट गर्ने भन्दै डा.पौडेललाई हौसाएका थिए ।

यस्तै प्रदेश सभा १ (ख)का उम्मेदवार कृष्ण खनालले खैरहनी, १, २, ४ र ५ मा घरदैलो गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>