Breaking News

चितवनको उद्योग व्यवसायलाई कोरोनाले भन्दा पनि बैँकको ब्याजदरले बढी सिथिल पार्‍योः अध्यक्ष श्रेष्ठ

Banner

चितवन, कात्तिक २०-

उद्योग वाणिज्य संंघ– चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्योगी व्यवसायीहरु कोभिड १९ का कारण सिथिल भएको अवस्थामा बैँकले व्याजदर वृद्वि गरेर अझ सिथिल बनाएको बताउनु भएको छ ।

उद्योग वाणिज्य संघ चितवनले बैँकको व्याजदर वृद्विका सम्बन्धमा जानकारी लिनका लागि गरेको अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले व्याजदरले पारेको समस्या व्यक्त गर्नु भएको हो ।

कार्यक्रममा श्रेष्ठले देशव्यापी रुपमा व्याजदर वृद्विका विरुद्व विरोधका कार्यक्रमहरु भइरहेको र त्यसमा बैँकहरुको प्रतिक्रिया के छ जानकारी जानकारी गराउनका लागि बैँकरहरुलाई अनुरोध गर्दै व्याजदर घटाउन माग गर्नुभएको छ ।

कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले मौद्रिक नीति के सुधार ग¥यो भने व्यवसायीहरुलाई राहात हुन्छ त्यस्ता विषयहरुका बारेमा बैँकरहरुले जानकारी गराइ दिएमा सम्बन्धित निकायमा माग गर्न सहज हुने बताउनुभयो । कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले बैँकहरुमा कर्जा लिदा प्रोजेक्ट रिपोर्टमा व्याजदर अहिलेको भन्दा आधा कम थियो त्यो अवस्थामा आउन व्यवसायीको मात्र दायित्व हो र भनेर बैँकरहरुलाई प्रश्न गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य इमान्दु बराल, उद्योग संघ चितवनका गोपालप्रसाद गैरे, हार्डवेयर व्यवसायी संघका पूर्वअध्यक्ष शिवप्रसाद ओझा, हार्डवेयर व्यवसायी संघका अध्यक्ष हरि गैरे, प्लाष्टिक व्यवसायी संघका अध्यक्ष रामप्रसाद गजुरेल लगायतकाव्यवसायीहरुले व्याजदर वृद्विकाकारण भएको समस्याहरु राख्नुभएको थियो ।

बैंकर एशोसियसन वागमती प्रदेशका पदाधिकारीहरुले व्यापारी र बैँक एकै रथका पाङ्ग्रा भएको बताउँदै विश्व बजारमा नै व्याददर वृद्वि भएकोले त्यसको असर नेपालमा पनि परेका कारणले व्याजदर वृद्विभएको बताउनु भयो । बैंकहरुका नीति निर्माता नेपाल सरकार, नेपाल राष्ट्र बैंकहरुले बनाएको नीति नियमहरुको अक्षरस पालनागर्ने बैंहरुको कर्तव्य भएका कारण व्यवसायीहरुकागुनासा सम्बोधकालागि हाल लागू गरिएको नीतिमा नै सुधार गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सु्वेदी, संघका कार्यसमिति, वस्तुगत संघका अध्यक्ष, चितवन बैंकर एशोसीयसनका कार्यसमिति, पदाधिकारी, विभिन्न बैंकका बैंक म्यानेजरहरु गरी १०० जनाको उपस्थिति रहेको थियो । व्यवसायीका माग सम्बोधन नभएकाकारण संघको नेतृत्वमा चितवनका सबै निजी क्षेत्रले कार्तिक २४ गते सम्म विविध संघर्षका कार्यक्रमहरु आयोजना गरेको संघले जनाएको छ । बैंकरहरुले यो अवस्था सिर्जना हुनमा मुद्रास्फिर्ती र नीतिगत निर्णय भएको बताएका छन् । बैकरहरुले नीतिनिर्माण तहमा पहल गर्न अनुरोध गर्दै व्यवसायीका गुनासाहरु आ–आफ्नो केन्द्रीय तहसम्म सम्प्रेषण गर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>