Breaking News

दशैंको दिन चितवनमा स्कारपियोको ठक्करबाट श्रीमानको मृत्यु,श्रीमती घाइते

Banner

चितवन,असोज १९-

चितवनमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ९ः३५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५ च ७४७९ नम्बरको स्कारपियोले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वत जिल्ला महाशिला गाँउपालिका ५ बस्ने ४८ बर्षिय मित्रलाल पङगेनीको मृत्यु भएको हो । दुर्घटनमा परी टाउकोमा गम्भिर चोट लागेर घाइते मित्रलालको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा १०ः३५ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार उहाँकी श्रीमती ४० बर्षिय राधा पङगेनी घाइते हुनुभएको छ । घाइते उहाँको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ । स्कारपियो र चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>