राजनीति

एमालेसँग २५ सीट लिएर गठबन्धन भत्काउने तयारीमा उपेन्द्र यादव

Banner

काठमाडौं,असोज १७-

ठीक ५ वर्षअघि दसैँकै बेला सिंगो मुलुक र अन्तर्राष्ट्रिय समुदायलाई समेत सरप्राइज दिँदै एमाले र माओवादीबीच वाम गठबन्धन र पार्टी एकताको घोषणा भएको थियो । कांग्रेससँग सरकारमा रहेको माओवादी केन्द्र विजयादशमीको दिन एकाएक एमालेसँग मिल्न पुगेको थियो । के यसपटक पनि दसैँमा कुनै सरप्राइज हुँदैछ ? सत्ता गठबन्धनको तेस्रो ठूलो घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यसको संकेत गरेका छन् । यादवले पार्टी केही शीर्ष नेतासँगको ब्रिफिङमा दसैँमै कुनै सरप्राइज हुने भन्दै सत्ता गठबन्धनसँगको सहकार्य अब धेरै लामो नरहेको संकेत गरेका छन् । जसपाका एक नेताले दिएको जानकारी अनुसार एमालेसँग जसपाको चुनावी तालमेल हुने लगभग निश्चित भएको छ ।

ती नेताले भने, ‘एमाले र हाम्रोबीच चुनावी तालमेल हुने ९९ प्रतिशत निश्चित भइसकेको छ । केपी ओली झापा जाने भएकाले दसैँको टीका अगाडि लिखित सहमति नहुनसक्छ तर दसैँमै सरप्राइज आउने निश्चित छ । सत्ता गठबन्धनबाट बाहिरिने कुरा अध्यक्ष उपेन्द्र यादवले बताइसक्नुभयो ।’

जसपाले एमालेसँगको तालमेलमा मधेस प्रदेशका आधासहित २५ सीट प्रतिनिधिसभामा पाउने भएको छ । मधेसका ३२ मध्ये कम्तीमा १६ सीट जसपाले पाउने निश्चित भएको छ । त्यस्तै प्रदेश १ मा दुई वा तीन सीट, वागमतीमा एक सीट काठमाडौंबाट र लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरेर तीन सीट जसपाले पाउनेछ ।

जसपाले प्रदेशमा पनि एमालेसँगको तालमेलमा राम्रो संख्या पाउने भएपछि गठबन्धनबाट बाहिरिने मनस्थितिमा उपेन्द्र पुगेका हुन् । एमाले स्रोतले पनि जसपासँग चुनावी तालमेल हुने पुष्टि गरेको छ । चाँडै लिखित सहमति हुने एक नेताले बताए । यो बुझेरै लोसपा अध्यक्ष महन्थ ठाकुर पनि एमाले जसपा गठबन्धनमा सामेल हुने प्रयासमा लागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>