Breaking News

विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता पाठकले दिए पार्टीबाट राजीनामा

Banner

चितवन, असोज १७–

विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पार्टीको साधारण सदस्यताबाटै राजीनामा दिएका छन् ।

सामाजिक संजालमार्फत पाठकले पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र बुझाएको जानकारी दिएका छन् । नेता पाठक २०७४ मा विवेकशील साझा पार्टी स्थापना पश्चात नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै आएका थिए । उनी विवेकशील साझामा रहँदा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग निर्वाचन लडेका थिए ।

पाठकले पछिल्लो ५ वर्षको अवधिमा आफूलाई विभिन्न चरणमा सहयोग गर्ने, अमूल्य सल्लाह–सुझाव प्रदान गर्ने सम्पूर्णमा आभार प्रकट गरेका छन् ।

पाठकले बुझाएको राजीनामा पत्र यस्तो छः

श्री अध्यक्ष ज्यू,
विवेकशील साझा पार्टी
वखुण्डोल, ललितपुर।
विषयःपार्टीको सदस्य समेत नरहने गरी राजीनामा।
महोदय,
२०७४ सालमा विवेकशील साझा पार्टी स्थापना पश्चात् विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै आएकोमा म शरदराज पाठक आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेश गर्दछु।
विवेकशील साझा पार्टीबाट अलग हुँदै गर्दा यस पार्टीको तर्फबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार रहँदा म र पार्टीप्रति आशा र विश्वाससहित मतदान गर्नुहुने सम्पूर्ण मतदातालाई पुनस् एक पटक हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
विवेकशील साझाबाट अलग भएतापनि विगत ५ बर्षमा हामीले प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेण्डा प्रवर्द्धन र स्थापित गर्न म आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने कुरा यस पार्टीका सम्पूर्ण आदरणीय सहकर्मी, पूर्व सहकर्मी एवम् मेरा शुभेच्छुकरशुभचिन्तकहरूलाई जानकारी गराउँछु।
पछिल्लो ५ बर्षको अवधिमा मलाई विभिन्न चरणमा सहयोग गर्ने, अमूल्य सल्लाह(सुझाव प्रदान गर्ने सम्पूर्ण महानुभावहरूसहित यो पार्टीमा विभिन्न भूमिकामा रही नेतृत्व गरेका सहकर्मीहरू र सदस्यहरूप्रति आभार प्रकट गर्दछु।
विवेकशील साझा पार्टीलाई अघि बढाउन हाल प्रयासरत अध्यक्षसहित सबै मित्रहरूलाई सफलताका लागि धेरै शुभकामना व्यक्त गर्छु।

शरदराज पाठक
कार्यसम्पादन समिति सदस्यरनिवर्तमान प्रवक्ता
विवेकशील साझा पार्टी
१७ असोज, २०७९

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>