चितवन विशेष

वैदिक आयुर्वेद सेवाको आयोजनामा गीतानगरमा निःशुल्क आयुर्वेद शिविर

Banner

चितवन, असोज १५–

वैदिक आयुर्वेद सेवा प्रा.लि. नारायणगढले गीतानगरमा एक दिने निःशुल्क आयुर्वेद शिविर आयोजना गरेको छ ।

शुक्रबार गीतानगरको अरुणोदय कलेजमा शिविर आयोजना गरेको हो । स्थानीय क्लवको संयोजनमा वैदिकले आयोजना गरेको शिविरमा ४०० भन्दा धेरैले स्वास्थ्य सेवा लिएको वैदिक आयुर्वेद सेवा प्रा.लि.का संचालक चक्रपाणी न्यौपानेले जानकारी दिए ।

वैदिकले व्यवसायीकसंगै सामाजिक उत्तरदायत्वि अन्तरगत आयुर्वेद शिविरहरु आयोजना गर्दै आइरहेको छ । ‘शिविरमा उत्साहजनक सहभागिता देखियो, यस्तो शिविर आगामि दिनमा पुनः गर्दै जानेछौं–संचालक न्यौपानेले भने ।

शिविरमा स्थानीय वडा अध्यक्ष, रेडक्रस गीतानगरका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>