भरतपुर

विकास विरोधी षड्यन्त्र गर्न खोज्दैछन् : रेनु दाहाल

Banner

चितवन, असोज १५–

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विकास विरोधीहरु षड्यन्त्र गर्न खोजिरहेको बताएकी छन् । भरतपुरमा विभिन्न योजनाको लागि ठेक्का आह्वान भएको बारे फेसबुकमा पोस्ट गर्दै आएकी दाहालले शुक्रबार अचानक विकास विरोधीहरु अत्तालिएको बारेको पोष्ट हालेकी हुन् ।

उनले भरतपुरको विकास देखेर को अत्तालिएको हो त्यो भने खुलाएकी छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् । माओवादीले केन्द्रमा प्रचण्ड र भरतपुर महानगरमा रेनु भएकै कारण चितवनमा धमाधम विकास भइरहेको दाबी गर्दै आएको छ ।

रेनुले फेसबुकमा लेख्दै भनेकी छन्, ‘चितवनको विकासबाट अत्तालिएकाहरू, परिवर्तनका विरोधीहरू आज अनेक षड्यन्त्र गर्न खोज्दैछन । चितवनबासी जनसमुदायहरू होसीयार होऔँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>