राजनीति

धनुषाबाट उम्मेदवार बन्ने दावी छाडेका महतो रोजे सर्लाही–२

Banner

काठमाडौँ, असोज १४

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही–२ बाट चुनाव लड्ने निष्कर्षमा पुगेका छन् । २०७४ मा धनुषाबाटबाट चुनाव लडेका महतोले अबको प्रतिनिधिसभा सदस्य निर्वाचितमा धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने दावी छाडेर सर्लाही रोजेका हुन् ।

२०७४ सालमा मधेसी मोर्चाको उम्मेदवार रहेका महतोले एमालेको पनि अघोषित साथ पाएका थिए । त्यसको बलमा उनले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यो पटक निधि समानुपातिक पद्धतितर्फ उम्मेदवार बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>