Breaking News

यस्तो बन्दै छ नारायणी नदी किनार, २० करोडको टेण्डर आह्वान (भिडियो)

Banner

चितवन, असोज १४–

नारायणी नदी किनारलाई तटबन्धनसहितको सौन्दर्यकरण गरिने भएको छ । यसका लागि नारायणी नदी व्यवस्थापन आयोजनाले आज टेण्डर आह्वान गरेको छ ।

आयोजनाका डिई कालीबहादुर शाहीका अनुसार २० करोड बराबरको टेण्डर आह्वान गरिएको छ । दिगो संरचनासहितको नारायणी तटबन्धन र सौन्दर्यकरण गर्नलागिएको टेण्डर आह्वान गरिएको शाही बताउँछन् । यो आयोजना नारायणी पुलदेखि नारायणी सिँचाई कार्यालयसम्मको करिव एक किलोमिटरसम्म लागू गरिने छ ।

भरतपुर महानगरपालिकाले अग्रसरता लिएपछि नारायणी नदी व्यवस्थापन कार्यालयले दशैं अगाडि नै टेण्डर आह्वान गरेको छ । महानगर प्रमुख रेनु दाहालले सी बीच मोडलमा नारायणीलाई विकास गर्ने क्रममा नदीको व्यवस्थापन महत्वपूर्ण भएकाले यो टेण्डर आह्वानले नारायणीको सौन्दर्यकरणलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । ‘यसले नारायणीको सौन्दर्यकरणलाई निकै सहयोग पुग्छ, हामी प्रदेशदेखि संघ सरकारसंग समन्वय गरेर अघि बढिरहेका छौं’–मेयर दाहालले भनिन् ।

नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख गणेश मरासिनीले नारायणी नदीको कटानलाई रोक्नुको साथै नारायणीलाई व्यवस्थित गर्नका लागि टेण्डर आह्वान गरिएको बताए । ‘अहिले एक किलोमिटर क्षेत्रमा मात्र यो काम सुरु गर्दैछौं, यो सम्पन्न भएपछि अन्य ठाउँमा पनि सुरु गर्नेछौं’–मरासिनीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>