चितवन विशेष

मंगलपुर बचतको १५औं साधारणसभामा विभिन्न व्यक्तिलाई सम्मान

Banner

चितवन, असोज १३–

मंगलपुर बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा आज (बिहीबार) सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाबाट उत्कृष्ट व्यवस्थापक सम्मान २०७८ प्राप्त गर्न सफल उक्त संस्था सुशासन तथा कारोबारको आधारमा जिल्लाको द्वितीय स्थानबाट समेत सम्मानित भएको थियोे ।

कार्यक्रमको उद्घाटन गर्दैभरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले विकास र समृद्धिमा दत्तचित्त भएर लाग्न सबैमा अनुरोध गर्नुभयो । उप–प्रमुख अधिकारीले विकास र समृद्धिको मार्गमा अगाडि बढेको महानगरलार्इ थप उचाइमा पुर्‍याउन तपाईं हामी सबैको दायित्व हुन आउने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बाबुराम परियारले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम, सचिव योगराज मिश्रले आर्थिक वर्ष ०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विष्णु माया पाण्डेले आर्थिक वर्ष ०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । त्यस्तै संस्थाका लेखा समिति संयोजक सुदिप पौडेलले आर्थिक वर्ष २०७८/०७९ को आन्तरिक लेखा समितिबाट प्रस्तुत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रम भरतपुर–१५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा, संस्थाका पूर्वअध्यक्षहरु बद्री चापागाईं, इन्द्रबहादुर बस्नेत, क्षेत्रबहादुर सापकोटा, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र वलीलगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रममा संस्थामा योगदान पुर्‍याएको भन्दै विभिन्न ब्यक्ति तथा शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अंक ल्याइ एसईई पास गर्नेहरुलाई शैक्षिक पुरस्करबाट सम्मानित गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>