Breaking News

पुल्चोक-गोन्द्राङ सडकको प्रगति आशलाग्दो

Banner

प्रतिमा कुमाल

चितवन, असोज १३-

चितवनको पुल्चोक–गोन्द्राङ छ लेन सडकको प्रगति आशलाग्दो देखिएको छ । भरतपुर महानगरको गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर–हेटौँडा खण्डको उक्त सडकको काम अहिले ५० प्रतिशत सकिएको छ । बाधा बेवधान नआए काम समयमै सकिने निर्माण कम्पनी इन्डो सगुन जेभीका सर्भेअर विनोद चौलागाइले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब १० महिना बाँकी छ समयअवधी सकिन । केहि समस्या नआए समयमै सकिन्छ ।’

चौलागाइले गोन्द्राङदेखि केन्द्रीय बस ट्रमिनलसम्मको सडकको पहिलो पिच सकिएको जानकारी दिनुभयो । दोस्रो पटकको पिच गर्न बाँकी रहको बताउनुभयो । अहिले बस ट्रमिनलदेखि पुलचोकसम्मको सडक निर्माणको काम सुरु भएको छ । यस सडकको बेस सकेर सब–बेसको काम भइरहेको चौलागाइले बताउनुभयो ।

सडक विस्तारको काम विसं २०७७ कात्तिक ११ गतेदेखि सुरु भएको थियो । फागुन ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग सडक डिभिजन कार्यालय भरतपुरले सम्झौता गरेको थियो । अब थोरै समय बाँकी
रहँदा अझै ५० प्रतिशत काम भने बाँकी छ ।

यसको निर्माण बजेट एक अर्ब १२ करोड रहेको छ । ५० मिटर चौडाइ (६ लेन) रहने यस सडकको लम्बाई ६.८० किलोमिटर रहेको छ । यस सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड काम पनि हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>