चितवन विशेष

भगवान भनेकै बुवा-आमा हुन्ः मेयर रेनु दाहाल

Banner

चितवन,असोज १३-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा-आमा भएको बताउनु भएको छ । भरतपुर वडा नम्बर २५ ले अयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उहाँले विश्वका केही देशमा आफ्ना सन्तानले बुवा-आमाको तस्वीर राखेर पुजा गर्ने चलन अहिले पनि रहेको उल्लेख गर्नुभयो । नेपालमा पनि बुवा-आमालाई अहिले पनि भगवानकै ठाँउमा राखेर पुज्नेहरु छन्-मेयर दाहालले भन्नुभयो । तर, केही व्यक्तिहरुले भने वृद्धि बुवा–आमालाई वृद्धआश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताउनुभयो । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उहाँको भनाई थियो ।

जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो । जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गर्नुभयो ।

जेष्ठ नागरिकका लागि एक वडा एक विश्रामस्थल, जेष्ठ नागरिकका सिप र अनुभवलाई ग्रहण गर्न पुस्तान्तरण कार्यक्रम, असल छोरा बुहारीलाई सम्मान कार्यक्रम, वडाका जेष्ठ नागरिकलाई सम्मान तथा तिर्थयात्रा गर्न बजेट विनियोजन गर्ने गरेको मेयर दाहालले जानकरी दिनुभयो ।

बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्युनिकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उहाँले औल्याउनुभयो । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने मेयर दाहालको भनाई थियो ।

महानगरपालिकामा विगत ५ वर्षमा अधिकांश वडाहरुमा जेष्ठ नागरिक विश्रामस्थल निर्माण भईसकेको र निर्माण हुन बाँकी रहेका वडाहरुले जग्गाको पहिचान गरेर आए भवन निर्माण गर्न बजेट विनियोजन गरिने मेयर दाहालले प्रष्ट पार्नुभयो ।

भरतपुरमा विकासको गतिले लय लिई सकेकाले अबको ५ वर्षभित्र ठुलो फड्को मारिने उहाँले बताउनुभयो । भरतपुरमा शिक्षा, स्वास्थय, पूर्वाधार, सडक पूर्वाधार, खानेपानी लगायतका क्षेत्रमा ठुलो फड्को मारेकै कारण पुनः जनताले निर्वाचित गरेर जिम्मेवारी सुम्पिएको उहाँको भनाई थियो ।

यसैबीच बुधबार नै भरतपुर–२५ मा रहेको शान्तिनिम टोल विकास संस्थाको नवर्निमित भवनको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख दाहालले उद्घाटन गर्नुभयो । संस्थाको भवन निर्माणका लागि महानगरपालिकाले रु पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>