अपराध

टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, तीन लाख नगद बरामद

Banner

काठमाडौं, असोज १३-

टोखा नगरपालिका–५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जना छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रूपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>