इच्छकामना

चितवनको विपन्न बस्तीमा शिक्षाका लागि उज्यालो घर

Banner

चितवन,असोज १२-

चितवनको विपन्न बस्तीमा शिक्षा र सिपमूलक तालिमका लागि उज्यालो घर निर्माण गरिएको छ । इच्छाकामना गाँउपालिका–७ भालुमारामा निर्माण गरिएको उज्यालो घरको मंगलबार गाँउपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभयो । सेवा अहिले नेपाल संस्थाको सहयोगमा निर्माण भएको उज्यालो घरमा गाँउका विपन्न नागरिकले जुनसुकै समयमा पनि पढ्न र सिप सिक्न पाउनेछन् ।

सो वस्तीमा झण्डै २ सय घरधुरी छन् । उज्यालो घरमा स्कूल जानुअघि विहान र स्कूलबाट फर्केपछि साँझमा विद्यार्थीले अध्ययन गर्न सक्नेछन् । यस्तै फुर्सदमा रहेकाहरुले सिपमूलक तालिम लिन पाउनेछन् । विद्यालय जान नपाएका छोरी, बुहारी र आमाहरुले पनि उज्यालो घरमा गएर पढ्न सक्ने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले गाँउपालिकामा सबैभन्दा पछाडि परेको सुकुम्बासी क्षेत्र भएकाले लालपूर्जा वितरणको काम पनि यहीबाट सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

भालुमाराका सबै नागरिकलाई साक्षर र आयआर्जनका लागि सिपमूलक तालिम दिने उदेश्यले उज्यालो घर निर्माण गरिएको सेवा अहिले नेपालका चितवन प्रतिनिधि ईश्वरकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले उज्यालो घरमा पढाउनका लागि शिक्षक र तालिम दिनका लागि प्रशिक्षकको व्यवस्था गरिएको वताउनुभयो । ‘झण्डै ६० देखि ७० जनालाई पढाउने र सिपमूलक तालिम दिने तयारी गरेका छौं,उहाँले भन्नुभयो’,सबै सहभागिका लागि निःशुल्क व्यवस्था गरेका छौं ।’ सबैलाई विद्यालय जाने वातावरण बनाउन र तालिम सिकाएर रोजगार बनाउने प्रमुख उदेश्य राखिएको उहाँको भनाई छ । तीन कठ्ठा जग्गामा २५ लाखको लागतमा भवन निर्माण गरिएको हो । सो गाँउमा चेपाङ र जनजातीको मात्र बसोबास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>