मौसम

फुलपातीको आसपास नेपालबाट मनसुन सकिन्छः मौसमविद्

Banner

काठमाडौं,असोज ११-

आगामी बिहीबार रातिबाट मुलुकभर भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र दैनिक वर्षाको सम्भावना कम हुँदै गएकाले आगामी बिहीबार रातिबाट सामान्यतया मौसम सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘आज भन्दा भोलि, भोलिभन्दा पर्सी नेपालमा आंशिक बदली हुने र वर्षाको सम्भावना घट्दो छ’, उनले भनिन्, ‘अब भारी वर्षाको सम्भाना छैन। बिहीबार रातिको लागि त सामान्यतया मौसम सफा हुनेछ।’ यद्यपि मनसुनको अहिलेको सक्रियता हेर्दा अझै केही दिनसम्म मनसुन कायम रहने संकेत देखिएको छ।

यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर २-४ दिन तलमाथि बाहिरिने मौसमविद्ले जानकारी दिएका छन्। मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ।

अहिले पनि मनसुन सक्रिय रही हल्कादेखि सामान्य वर्षा भइरहेको छ। यसैले मनसुन अझै केही दिनसम्म कायम रहने सङ्केत देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मानन्धरले जानकारी दिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>