चितवन विशेष

गृह जिल्लामा प्रचण्डको सक्रियता, घर सर्नेदेखि कार्यकर्तालाई फकाउनमा व्यस्त

Banner

चितवन, असोज १०–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्थलमार्ग हुँदै गृह जिल्ला चितवन आइपुगे । श्रीमती सिता दाहाललाई संगै लिएर आएका प्रचण्डले गृहजिल्लामा केहि दिन बिताउँदै छन् ।

प्रचण्ड आज भरतपुर महानगरपालिका–१४ मा बनेको आफ्नो नयाँ घरमा सर्दैछन् । यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन् । शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन् । उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको छ ।

माओवादी निकटको प्रेस सेन्टर चितवनले आयोजना गरेको दशैँ, तिहारलगायत चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पनि प्रचण्ड सहभागी हुँदै छन् । कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ ।

चितवन आएकै दिन आइतबार उनले विभिन्न पार्टी परित्याग गरी आएकालाई आफ्नो पार्टीमा प्रवेश गराए । जिल्लामा लामो समय नेतृत्व गरेका यमबहादुर परियारलगायतका नेता एमालेमा प्रवेश गरेपछि प्रचण्ड दबाबमा परेका छन् ।

उनले चितवन आएर कार्यकर्तालाई रिझाउनेदेखि चुनावको प्रचारका लागि विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तालाई रिझाउन चितवन आइपुगेका प्रचण्डले विविध राजनीतिक गतिविधि सञ्चालन गर्ने कार्यतालिका रहेको छ । उनले जिल्लामा असन्तुष्ट रहेका नेताहरुलाई अन्य पार्टीमा जानबाट रोक्ने रणनीति बनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>