राजनीति

मंसिर ४ गते केपी ओली र शेरबहादुर देउवाबीच जनमत संग्रह गरौंः महासचिव पोखरेल

Banner

काठमाडौं,असोज ७-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग देश बनाउने सामर्थ्य नरहेको बताएका छन्। उनले कसको नेतृत्वमा आगामी निर्वाचनमा जाने भनेर नेता चुन्न नसक्ने पाँच दलीय गठबन्धनसँग कुनै सामर्थ्य नरहेको बताए। उनले नेकपा एमालेसँग त्यो सामर्थ्य रहेको र भावी प्रधानमन्त्रीको रुपाम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेको स्पष्ट पारे।

म सोध्न चाहन्छु, पाँच दलीय गठबन्धनको प्रधानमन्त्री को ? हामीले त केपी ओली भनेर घोषणा गरिसक्यौं, उनले भने, जसले नेता चुन्न सक्दैन। त्यस्ताले देशको भविष्य बनाउने सामर्थ्य राख्दैन। हामीले नेता चुनेका छौं। देश बनाउने सामर्थ्य पनि हामी राख्छौं।

उनले पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादु्र देउवा हो भन्दै प्रश्न गरे ? पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा हो भने मंसिर ४ गते हुने निर्वाचनमा केपी ओली र शेरबहादुर देउवाबीच जनमत संग्रह गरौं,उनले भने। उनले धेरै दलहरुका कारण ध्रवीकरण बढ्दै गएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>