Breaking News

चितवनको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश रितेन्द्र थापा नियुक्त

Banner

चितवन, असोज ६-

निर्वाचन आयोगले चितवनको निर्वाचन अधिकृतमा चितवनका जिल्ला न्यायाधीश रितेन्द्र थापालाई नियुक्त गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो । त्यसैगरी आयोगले चितवनको निर्वाचन अधिकृतमा सडक विभागका उपसचिव हरिसिंह धामीलाई नियुक्त गरेको छ । आयोगले चितवनसहित देशभरका १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ । अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ । प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>