बजार

सरकारको नीतिले अर्थतन्त्र सुध्रियोः अर्थमन्त्री शर्मा

Banner

काठमाडौं,असोज ६-

पछिल्लो समय सरकारले लिएको नीतिका कारण नेपालको आर्थिक सूचकांकमा सकारात्मक देखिएको अर्थमन्त्री जनार्दन शर्माले दाबी गरेका छन् । यद्यपि लगानीयोग्य रकमको अभाव (तरलता) भने अझै रहेको उनले स्वीकारे । बैंकहरुले ब्याजदर अचाक्ली महंगो गरेको भन्दै उद्योगी व्यवसायीले गुनासो गरिरहेका वेला अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउन सरकार लागिपरेको बताए ।

दोस्रो लिगलिग पालुङटार महोत्सव उद्घाटनका लागि पुगेका अर्थमन्त्री शर्माले बैंकको ब्याजदर घटाउने र बैंंकमा ब्याज पाउने उद्देश्यले पैसा थुपारेर उत्पादन नहुने स्पष्ट पारे । उनले सबै नागरिकलाई आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने बताए ।

अर्थमन्त्री शर्माले पालुङटारलाई सूचना प्रविधिमा अघि बढाइ स्मार्ट सिटि बनाउने घोषणा गरेका छन् । स्मार्ट सिटी बनाउन संघीय सरकार र अर्थ मन्त्रालयले सबै सहयोग गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>