शिक्षा

जागिर खाने होइन स्वरोजगार बनाउने शिक्षामा जोड दिऔँ: मन्त्री राई

Banner

उदयपुर, असोज ५

प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बजारमा बिक्ने खालको जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने बताएका छन् । उदयपुरमा आयोजित कार्यक्रममा उनले शिक्षाविना देश विकास नहुने तर आजको आवश्यकताको आधारमा शिक्षा दिनु लिनु पर्ने बताए । उनले आजको आवश्यकता भनेका प्राविधिक शिक्षा रहेको बताए ।

त्रियुगा नगरपालिका–१२ बरुवा क्याम्पसको पुस्तकालय भवन शिल्यान्यास गर्दै उनले शिक्षा जागिर खाने खालको भन्दा पनि स्वारोजगार बन्ने खालको हुनुपर्ने बताए । अहिले स्वरोजगार बनाउने खालको शिक्षा देशलाई आवश्यक रहेको उनले बताए ।

शिक्षाले पढाउने भन्दा पनि सिकाउने वा प्रयोगमा आउने शिक्षामा जोड दिनु पर्ने बताए । गुणस्तरीय शिक्षाले नै समृद्ध बनाउने भएकाले शिक्षाको नीतिगत रुपमा सुधार गर्नु आवश्यक रहेको मन्त्रीले औल्याए । त्यसका लागि संघीय शिक्षा ऐन निर्माणमा भएको ढिलाईले प्रदेश शिक्षा ऐन तथा निति निर्माणमा पनि ढिलाई भएको बताए । उनले भने, उदयपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने भएकाले त्यसका लागि प्रदेश सरकार लाग्नेछ ।

त्रियुगा नगरपालिका निवर्तमान नगर प्रमुख तथा बरुवा क्याम्पसका अध्यक्ष बलदेव चौधरीले क्याम्पसलाई नमूना क्याम्पसको रुपमा विकास गर्ने योजना रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>