अन्तर्वार्ता

फुड टेक्नोलोजीः कक्षा १२ सकेका विद्यार्थीले गैँडाकोटको नागरिक कलेजमा किन पढ्ने ?

Banner

गैडाकोट, साउन ५-

अहिले विद्यार्थीहरु कक्षा १२ पछि के पढ्ने ? भनेर अन्योलमा छन् । कतिपय विद्यार्थीलाई कुन विषय पढेकाले के पढ्न पाउँछन् ? भन्ने सामान्य जानकारी पनि छैन । पढेपछि के बन्ने ? कस्तो अवसर पाइन्छ ? जस्ता विषयमा विद्यार्थी अन्योलमा हुनसक्छन । यसरी अन्योलमा रहेका विद्यार्थीहरुलाई फुड टेक्नोलोजी महत्वपूर्ण विषय हुनसक्छ । फुड टेक्नोलोजी अध्ययन गराइरहेको नवलपुरको गैँडाकोटमा रहेको नागरिक कलेजका कार्यकारी निर्देशक छविलाल कँडेलसँग नारायणी अनलाइनले यस विषयबारे कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

के हो फुड टेक्नोलोजी ?

यसको विषयमा कुरा गर्नुभन्दा पहिले म अध्ययन हुने कलेजको कुरा गर्न चाहान्छु । त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न विभागहरुमा पढाई हुने गर्छ । जस्तै चिकित्सक शास्त्र महाराजगञ्जमा पढाई हुन्छ भने इन्जिनियरिङको पुलचोकमा पढाइ हुन्छ । खाद्य प्रविधि (फुड टेक्नोलोजी)को केन्द्रीय क्याम्पसको रुपमा धरानमा पढाइ हुन्छ । र यहाँ नवलपुरको गैडाकोटमा रहेको नागरिक कलेजमा पनि अध्ययन गर्न सकिन्छ । नेपालको अवस्थामा विद्यार्थीहरुले बायोलोजी या फिजिक्समा १२ पास गरेकाले खाद्य प्रविधिमा भर्ना पाउनुहुन्छ ।

किसानले कुनै पनि वस्तु उत्पादन गर्छ उदाहरणको लागि धान, गहुँ तोरी, तील उत्पादन गर्नु भो । त्यो बजारमा गयो र त्यो वस्तु फेरि लामो समयसम्म खानयोग्य बनाएर विभिन्न औद्योगिक प्रक्रिया पार गर्दै फेरि तपाइँ हाम्रो घरसम्म आउने बीचको शिक्षा छ । यसलाई नै फुड टेक्नोलोजी विषय भनिन्छ । इन्डियामा यसलाई फुड इन्जिनियरिङ भनेर भनिन्छ । नेपालमा इन्जिनियरहरुका काउन्सिलको प्राविधिक कुराहरु नमिलेका कारण यसलाई यहाँ फुड टेक्नोलोजी (ब्याजलर डिग्री इन फुड टेक्नोलोजी) भनेर भनिन्छ ।

यस्तै कृषि विश्वविद्यालय चितवनमा भएका कारण चितवन पेरिफेरीका मान्छेहरुले बिएसी एग्रीकल्चर बढी पढे जस्तै पूर्वका विद्यार्थीहरुले फुड टेक्नोलोजी बढी पढ्नु भएको रैछ र आज राज्यको विभिन्न निकायहरुमा निजी क्षेत्रहरुमा उहाँहरु काम गरिरहनुभएको छ । त्यसकारण यो खाद्य प्रविधि भनेको के हो भन्दा झट्ट मान्छेले हेर्दा होटल म्यानेजमेन्ट हो रे भन्नुहुन्छ अलिकति बुझेको मान्छेले हामीसँग कुराकानी गर्दै गर्दा होटल म्यानेजमेन्ट जस्तै–जस्तै विषय हो भन्नुहुन्छ । यो कहिले पनि होटल म्यानेजमेन्ट सम्बन्धी विषय हुँदै होइन । यसमा के छ भन्दा पहिलो वर्षमा बेसिक साइन्सका विषय हुन्छन् । बेसिक साइन्समा फिजिक्स छ । केमेस्ट्री छ । गणित छ । माइक्रो बायोलोजी छ । यी विषयहरु इन्जिनियरिङको पाटोहरु केही पढ्नुपर्ने हुन्छ । दोस्रो वर्ष र तेस्रोवर्ष मुख्य गरी फुड टेक्नोलोजीको राम्रोसँग पढाई हुने वर्षहरु हुन् । यसको कोर विषयहरु भएको वर्षहरु दोस्रो,तेस्रो वर्ष र चौंथो वर्षमा गएपछि अलिकति डेरी टेक्नोलोजी, स्टोरेज र प्याकेजिङ टेक्नोलोजीका कुराहरु र म्यानेजिङका बारेमा पढ्नुपर्ने हुन्छ र डिर्जटेसनको पक्षमा काम गर्नुपर्ने हुन्छ । त्यसकारण नेपालको उदाउँदो शिक्षाका लागि यो टेक्नोलोजीको विषय एकदम राम्रो विषय हो भनेर भन्छु । म यो नागरिक कलेजको चियरमा बसेर मात्र होइन यो चियर छोडेर अन्य चियरमा गएर बसे पनि मेरो जिम्मेवारी यहाँ नरहेता पनि म यही भन्ने मान्छे हो । किन भने आज हामीलाई रोजगारमूलक शिक्षा नभएर नै हाम्रो दुर्गती र अद्योगति भएको हो भन्ने कुरा बुझ्दै छौं । हामी शिक्षा क्षेत्रमा काम गरिरहेकाहरु त्यो कुरालाई आज अत्यन्त मनन् गरिरहेको अवस्था छ । आज एउटा इन्जिनियर पढाउनु एउटा मेडिसियन पढ्नु, फुड टेक्नोलोजी पढ्नु बजार आवश्यक्ता र त्यसको महत्वको सम्बन्धमा समकक्ष विषय हो । तर, मान्छेले बुझ्नु भएको छैन् । केही व्यापारिक मान्छेले बुझेका छन् । कर्मचारीका बाल बच्चाले बुझेका हुनाले अहिले यो विषय कर्मचारी र व्यपारीका छोराछोरीले बढी अध्ययन गरिरहेको मेरो अनुभव छ ।

फुड टेक्नोलोजी खाद्य विज्ञान हो । यसले अनजबारे ‘आलीदेखि थालीसम्म’ को वैज्ञानिक तवरबाट अध्ययन र अनुसन्धान गर्छ । यो खाना पकाउन सिकाउने शिक्षा होइन । यसले अनज उत्पादनदेखि गुणस्तरीय खाद्य वस्तु बनाउने विधिसमेत सिकाउँछ । यसले धान, गहुँ, मकै, कोदोलगायतका खाद्यबाली कुन समयमा रोप्ने, कुन समयमा झार्ने, भण्डारण कसरी गर्ने, प्रशोधन गरेर कुन–कुन वस्तु उत्पादन गर्ने, उत्पादित वस्तुलाई कसरी पकाउने र कसरी खानेलगायतका विषय सिकाउँछ । खाद्य वस्तु कस्तो छ ? उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भएको छ कि छैन ? खाद्य वस्तु उत्पादन गर्दा चाहिने आवश्यक तत्व छ कि छैन ? कसरी खाद्य वस्तु उत्पादन गरिएको छ भन्ने अनुगमन र अनुसन्धान गर्ने विज्ञ पनि फुड टेक्नोलोजीले नै उत्पादन गर्छ । विश्व बजारमा कस्तो वस्तुको माग छ, के नयाँ उत्पादन गर्न सकिन्छ भन्ने अनुसन्धान गर्न पनि फुड टेक्नोलोजीले मद्दत गर्छ । कृषकले उत्पादन गरेको कच्चा पदार्थ (अन्न)बाट खाद्य वस्तु निर्माण गर्ने उद्योग पर्याप्त नभएको अवस्थामा यसले फुड टेक्नोलोजीलाई औद्योगिकीकरण गर्न मद्दत गर्छ ।

नागरिक कलेजमा २०७० सालदेखि अहिले ९औं ब्याचमा विद्यार्थीहरुलाई अध्ययन गराइरहेको छ् । आज विद्यार्थीले यो बुझ्न जरुरी छ । आज हामीले पढाई केको लागि हो भन्नुपर्दा पढाई आफ्नो करियर बनाउनको लागि पनि अध्ययनशिलताको महत्व रहन्छ । नेपालमा खाद्य प्रविधि क्षेत्रमा काम गर्ने मान्छेहरु नभएर पहिला–पहिला आईएस्सी पढ्नेहरु बिएस्सी पढ्नेहरु सबै अहिले खाद्य प्रविधि क्षेत्रमा काम गर्नुभाछ । उहाँहरु के भन्नु हुन्छ भने उहाँहरुले पहिला केमेस्ट्री पढेको हुनाले रसायनको क्षेत्रमा काम गर्नुप¥यो र त्यसरी सरकारी सेवामा प्रवेश गर्नुभयो ।

क्वालिटी कन्ट्रोलमा काम गरेका तमाम् मानिसहरु हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालयहरुमा गुण तथा खाद्य निरीक्षण इकाईहरु छ । त्यहाँ सहायक सिडियोको अध्यक्षतामा इकाईको मिटिङ्ग बस्छ । बजार अनुगमनहरु हुनेगर्छ । खाद्य विशेषज्ञहरु राखिन्छ । हामीले अहिले पनि हे¥यौ भने खाद्य प्रविधिको क्षेत्रमा काम गर्ने मान्छेहरु चाहे जिल्ला प्रशासनमा काम गर्ने मान्छे होस् , खाद्य प्रविधिकै अफिसहरुमा होस त्यहाँ पुराना–पुराना साइन्स पढेका मान्छेहरु जनरल साइन्सका विद्यार्थीहरुले काम गरिरहेका हुन्छन् । किनभने देशमा जनशक्तिनै थिएन । थोरै जनशक्ति उत्पादन ग¥यो । केन्द्रीय क्याम्पसले पनि लामोसमय देखि बिटेकमा जम्मा २४ जना उत्पादन ग¥यो । एम्टीमा पनि त्यस्तै उत्पादन ग¥यो । अब्रोड स्टडीमा आकर्षित भएकाले नेपाल भन्दा विदेश आर्जनको हिसाबले राम्रो भएकाले त्यहाँ गएर काम गरिरहेका छन् । पढाइ गरिरहेका छन् । सबैले आफ्नो शिक्षा अनुसारको काम पाउदैनन् विश्व बजारमा । तर, खाद्य प्रविधिको क्षेत्रमा राम्रो छ । साउदी अरब जानुस् डेरी टेक्नोलोजीको क्षेत्रमा काम गर्नुस् । खाद्य क्षेत्रको क्वालिटी नियन्त्रणमा काम गर्नुस् । यसमा ठूलो युरोपको कथा पनि ल्याउन जरुरी छैन । यही पर साउदी जादा पनि रोजी रोटी र पेशाको लागि ग्यारेन्टी छ ।

हरेक दिनजसो हामीले एउटा एउटा समाचार भेट्ने गर्छौ । यो खाद्य पदार्थमा मिसावट, अखाद्य वस्तु मिसावट भयो भन्ने । यो मिसावट किन भयो भन्दा हामी कहाँ प्रविधिको विकास भएन । प्रविधिजन्य निकाएहरु भएनन् । सम्बन्धित मान्छेहरु कम भए । अनुगमनको क्षेत्रमा राज्यले काम गर्न सकेन । सरकारले संरचना मिलाउन खोजी रहेको छ । पहिला पहिला क्षेत्रीय गुणनियन्त्रण कार्यालयहरु थिए । अहिले ४०–४२ जिल्लाहरुमा कार्यालय खोलिएको छ । उदाहरणमा नजिकको जिल्ला चितवनमा पनि भर्खरै कार्यालय स्थापना भएर यो क्षेत्रमा काम गरिरहेको छ । त्यसैले गुणस्तर नियन्त्रणको लागि यो अत्यन्त राम्रो शिक्षा हो । आलिदेखि थालीसम्म यसले काम गर्नेहुदा यसमा ठूलो महत्व छ ।

खाद्य प्रविधि भनेको इन्जिनियरिङ, माइक्रोबायोलोजिस्ट, मिट टेक्नोलोजिष्ट, सेन्सोरिस साइन्स, मार्केटिङ, स्टोरेज प्याकेजिङ हो । यो विषय अत्यन्तै वैज्ञानिक तरिकाले दक्षिण एसियाको पाठ्यक्रमसँग अत्यन्त सुसजित पाठ्यक्रम हो । नेपालमा यसको पढाइ चार वर्षीय पढाइ हुन्छ । यसलाई सेमेस्टरमा लैजान डिन अफिसले कोशिस गरिरहेको छ । यसको केही कोर्षहरु रिभाइज गर्नुपर्ने जरुरी पनि छ । अली पहिले बनेको कोर्ष भएकाले यसमा आइटी क्षेत्रका केही कोर्षहरु थप्नुपर्ने छ । अतिसामान्य कुराहरु पनि थप्न आवश्यक छ ।

कस्तो विद्यार्थीले यो विषय पढ्न सक्छन् ?

प्लसटुमा साइन्सको विषय लिएर जसले दोस्रो श्रेणीमा पास गर्छ बायोलोजीको विद्यार्थी होस् फिजिक्स म्याथम्याटिक्सको होस् त्यसमा कुनै सीमा छैन । श्रेणीको हिसाबले, जीपीएको अलगै व्यवस्थापन हुन्छ । तर, भारतमा पढेर नेपाल आउने विद्यार्थीलाई सीमा छ । किन भने नेपालमा १०० अंकको गणित ११ मा अनिवार्य छ । तर, भारतमा गणित अनिवार्य छैन । ऐच्छिकमा छ । त्यसो हुदा इन्डियामा पढेर आएका विद्यार्थीहरुको गणित पढ्यो कि पढेन भनेर भर्नामा हेर्नुपर्ने हन्छ । मैले २० वर्ष शिक्षामा काम गरे । हामीले सिभिल इन्जिनेरिङ छाडेर यो विषय लिएर आएको हो । विद्यार्थीले आफूलाई के बनाउने हो भन्ने आज जान्न आवश्यक छ । आज मलाई दुःख पनि लाग्छ । विद्यार्थीहरु प्लसटु पास गरिसके पछि सबै विदेशिनु हुन्छ । हाम्रो नेपालको शैक्षिक गुणस्तरत खस्कियो नि हजुर । समग्र नेपालको शैक्षिक गुणस्तरलाई हे¥यो भनेत कति कक्षाबाट यहाँका मानिसले पढ्न छोड्यो भन्दा हाम्रो रेकर्डमा के देखियो भने १२ कक्षा पढेर छोड्नेको संख्या अधिक भयो ।

यहाँका जस्ता विश्वविद्यालय र पाठ्यक्रम विदेशमा पढ्न पाइँदैन । धेरै कम मात्र नेपाली विद्यार्थीले एफोर्ड गर्न सक्नु हुन्छ । त्यहाँको शुल्क धेरै हुन्छ । त्यहासबै विश्वविद्यालयहरुले व्यवसायिक खालको प्राविधिक कोर्ष बनाउछ । यति घण्टाका उति घण्टाका भन्ने भर्ना लिने र बाहिरी विद्यार्थीलाई आकर्षण गर्ने परम्परा छ । त्यो परम्पराका कारणले गर्दा मान्छेले सबैकुरा नबुझि विदेशिनु भएको छ ।  मलाई के लाग्छ भने आजको अवस्थामा रोजगारीको हिसाबले भन्नुहुन्छ भने रोजगारीको १०० प्रतिसत प्लेसमेन्ट फुड प्रविधिमा छ । आज पनि हामीलाई एउटा दुईवटा फोनहरु आउछ तपाइँको पासआउट भएका विद्याथीहरु अलि राम्रो क्वालिटीको विद्यार्थीहरु छ भने पठाइ दिनुस् न हाम्रो यो अवसर भनेर खोज हुन्छ । यो जब प्लेसमेन्टको हिसावले यो विषय अत्यन्त राम्रो छ ।

खाद्य प्रविधि ह्वाइट एप्रोन इनडोर जब हो । उदाहरणमा खाद्य प्रविधिकले कुनै फुट टेक्नोलोजीमा काम गर्न जानुभयो भने त्यहाँको इनभेस्टरले अरबौं लगानी गर्छ । यसको रिक्स कस्को हातमा छ भन्दा क्वालीटिकन्ट्रोल अफिसरकोमा छ । त्यसकारण खाद्य प्रविधि यस्तो शिक्षा हो । यसले आफैले आफैलाई सूसुचित बनाउछ ।
विद्यार्थीहरुले केही बुझ्नु भएको छैन् । आज बजारमा जे पनि हामीले सुनेर जे पनि पढेर आफ्नो करियर बन्दैन । आफ्नो करियर बनाउनको लागि युनिभर्सिटी जोइन हुनुभन्दा पहिला धेरै चोटी सोच्नुपर्छ । आज बजारमा के को माग छ । भोलि केको माग बढ्नेवाला छ । जस्तै आज बजारमा स्वास्थ्यकर्मीहरुको माग बढ्दो छ ।

रचनात्मकता पनि बढेको छ । राज्यको नजर पनि पुगेको छ । अब राज्यको नजरमा के छ भन्दा खाद्य प्रविधि छ । खाद्यय प्रविधिको क्षेत्रमा प्रसस्त कामहरु गर्न बाँकी छ । हामी खाद्य प्रविधिको क्षेत्रमा पछि प¥यौं । हामीले गुणस्तर ठिक छ भनेको वस्तु त्यही भारतको बोर्डरमा गयो भने रोकिन्छ । किन रोकिन्छ भन्नु हुन्छ भने हामी कहाँ खाद्य प्रविधिको रुपमा ठूलो विकास अझै गर्न सकेनौं । व्यवस्थित ल्याबहरुको व्यवस्थापन गर्न सकेनौं । दक्ष जनशक्तिहरु अहिले पनि प्रसस्त मात्रामा उत्पादन गर्न सकेनौ । सरकारले अनुसन्धानात्मक प्रकृयाहरु खाद्य प्रविधिको क्षेत्रमा गराउन सकेन । यी विविध कठिनाइका बाबजुत विद्यार्थीहरु आज यसमा लाग्न जरुरी छ । काम गर्न जरुरी छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा यसको स्कोप यति धेरै राम्रो छ । दिन दुई गुना रात चौगुना यसको स्कोप बढिरहेको छ ।

सामान्य परिवारका विद्यार्थीले पढ्न सक्ने अवस्था छ कि छैन ? कसरी पढ्न सकिन्छ ?

विज्ञान विषयमा कक्षा ११ र १२ उत्तीर्ण गरेकाले ब्याचलर कोर्स पढ्न पाउँछन् । यसमा पहिलो वर्ष बेसिक साइन्सका पढाइहरु हुन्छन् । यो कोर्सको अवधि चार वर्षको हुन्छ । जुनसुकै विद्यार्थीले पनि यो पढ्न सक्छन् । खर्चको हिसाबले कुरा गर्नुपर्दा आज सिभिल इन्जिनियर १० लाख भन्दा कममा कतै पढ्न सक्नुहुन्न । आजको बजारमा प्राइभेट क्षेत्रले गरेका क्रियाकलापको कुरा गर्दा मेडिसिनको कुरै नगरौं । यस्ता क्षेत्र महंगो छ । बीएस्सी एग्रीकल्चरमा पनि कलेजको अवस्था अनुसार खर्च छन् । फुड टेक्नोलोजी ८लाख देखि १० लाखको बिचमा पढ्न सक्छन् । नेपाली पेरिफेरीमा घरको खाना खाएर ८–१० लाखमा पढ्न पाउनु भनेको ठूलो अवसर हो । भारतका तमाम् कलेजहरुले १२ लाख आईसीमा फुड टेक्नोलोजी प्याकेज गराएका छन् । होस्टेलको खर्चहरु छुट्टै छन् । कलेजले लिने अदृ्श्य खर्चहरु छुट्टै छ । त्यसकारण नेपालमा खाद्य प्रविधि विषय पढ्ने विद्यार्थीहरुको लागि सबै विषयहरु भन्दा यो विषय कम छैन् यसको महत्वको हिसाबले । खर्चको हिसाबले पनि यो सामान्य खर्चमा पर्छ । एक वर्षको २ लाख मा यो विषय पढ्न पाइन्छ ।

नागरिक कलेजबाट विद्यार्थी गुणस्तर पाउने आधार के छ ?

यसको पाठ्यक्रमले के भनेको छ भने ७५ प्रतिशत कोर्ष यसको सैद्धान्तिक छ । प्रयोगात्मक २५ प्रतिशत छ । तर, हामीले पढाउँदै गर्दा के पायौ भन्दा सैद्धान्तिक त्यो भन्दा कम हुन सक्छ अथवा प्राक्टिकल त्योभन्दा कम हुन सक्छ । यसमा विद्यार्थीहरुलाई सुक्ष्म भन्दा सुक्ष्म सिकाइ गर्न जरुरी छ । जुन विद्यार्थीलाई हामीले प्रयोगात्मक अभ्यास गराउन सकेनौ सिद्धान्त मात्र दिएर त्यो विद्यार्थीले भोलि बजारमा गएर उसले आफूले पनि केही गर्न सक्दैन । जुन शिक्षण संस्था छ त्यो संस्थाको लागि पनि राम्रो सन्देश जादैन । त्यसकारण एक्दम सुक्ष्म तरिकाले सिद्धान्तका विषय अध्ययन गराउने अनुभवी टिचरहरु ल्याएर अध्यापन गराउने प्रयोगात्मकमा पनि अनुभवी शिक्षक ल्याएर अध्ययन अध्यापन गराउने हामीले गर्ने गरेका छौं । समग्र देशमा फुड टेक्नोलोजी पढाउने कलेजहरुमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कलेजसँग मैले दाज्न चाहन्न । त्यहाँ सरकारी लगानी छ पक्कै पनि हामी भन्दा केही कुरा माथि छ । यो म भन्न चाहन्छु । यो कुरा म स्वीकार गर्न चाहान्छु । प्राइभेट कलेजहरु मध्ये हाम्रोमा प्राक्टिकलको लागि ल्याब, उपकरण, रसायनहरुको व्यवस्थापन राम्रो भन्ने कुरा मैले महसुस गरेको छु । यो मैले नभनि यहाँबाट पासआउट भएर गएका विद्यार्थीहरु ठूला ठूला बहुप्रतिष्ठित बहुराष्ट्रिय कम्पनीहरुमा काम गर्नु भएको छ । यसबाट पनि थाहा पाउन सकिन्छ । साथै हामी मास्टर डिग्रीको यही अध्ययन गराउने तर्फ लागि रहेका छौं । निकट समयमा मास्टर डिग्रीको पढाइ पनि यहीबाट चल्छ भन्ने आशा छ । किन भने हाम्रो प्रकिया अगाडि बढिसकेको अवस्था छ ।

आजको दिनमा जति पनि विद्यार्थीहरु प्लसटु साइन्स पास गर्नुभयो उहाँहरुलाई के भन्न चाहान्छु भने हार्दिक बधाई । आज हामी पढ्छौ पैसा पनि खर्च गछौं अभिभावकले लगानी पनि गर्नुहुन्छ तर भोलि प्लेसमेन्ट छैन । जबको कुनै क्षेत्र नै छैन । अथवा जबको धेरै ठूलो प्रतिस्पर्धा भएको ठाउँमा हामी प्रवेश ग¥यौं भने हामी कुर्दा कुर्दै अवसर खोज्दा खोज्दै हाम्रो आँधी जीवन बित्छ भन्ने कुरा मैले बुझेको छु । अहिले प्लसटु पास गरेको भाइबहिनीहरुलाई आफ्नो भविष्य निर्माण गर्न हतार छ । उहाँहरुले हतारमा पनि राम्रो निर्णय गर्न सक्नु भयो भने भविष्य उहाँहरुको धेरै राम्रो छ । विद्यार्थीले फुड टेकनोलोजीको क्षेत्रमा काम गर्न पाउनु भनेको माइक्रो बायोलोजी एक्स्सपर्टको रुपमा काम गर्न सक्नुहुन्छ । सेन्चुरी साइन्स, डेरी टेक्नोलोजी, मिट टेकनोलोजीको एक्सपर्टको रुपमा काम गर्न सक्नुहुन्छ । क्वालिटी कन्ट्रोल एक्स्पोर्टको रुपमा काम गर्न सक्नु हुन्छ । यसको दाएरा फराकिलो छ । धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>