चितवन विशेष

चितवनमा माओवादी छाड्ने बढे, एकैदिन १५० जना एमाले प्रवेश

Banner

चितवन, असोज ४-

चितवनमा माओवादी केन्द्र छाड्ने क्रम बढ्दै गएको छ । एकीकृत माओवादी जिल्ला सहइन्चार्ज यमबहादुर परियारले माओवादी केन्द्र छाडेसँगै माओवादी परित्याग गर्ने क्रम बढेको हो ।

चितवनका विभिन्न पालिकाबाट  १५० जना नेता कार्यकर्ताहरु आज एकैदिन एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेकाहरुलाई एमाले पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीलगायतले स्वागत गरेका थिए । यसअघि केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले परियारसँगै माओवादी नेता अन्जन तिमिल्सिना र अन्य नेताहरुलाई एमाले प्रवेश गराएका थिए । त्यसपछि चितवनमा माओवादी छाडेर एमाले प्रवेश गर्नेहरु बढेका छन् । यो क्रम निरन्तर जारी रहने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>