तनहुँ

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद श्रेष्ठले पारिश्रमिकको तीस लाख सामाजिक संस्थालाई

Banner

दमौली, असोज ४- 

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पाँच वर्षमा पारिश्रमिकबापतको रु तीस लाख ९८ हजार सामाजिक सङ्घ संस्थालाई सहयोग गर्नुभएको छ । पारिश्रमिकबापतको रकम विभिन्न सङ्घ संस्था, खानेपानी, विभिन्न रोगबाट पीडित बिरामीलाई सहयोग गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

“मैले चुनावको बेला नै पारिश्रमिक लिन्न भनेर वाचा गरेको थिएँ, सोही वाचा अनुसार आमा समूह, खानेपानी योजना, विद्यालय, विभिन्न रोगका बिरामीलाई उक्त रकम सहयोग गरेको छु,” पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>