चितवन विशेष

भरतपुर महानगरले नीजि स्कुलले लिने शुल्क बढाएकोमा अनेरास्ववियु (क्रान्तिकारी)को आपत्ति

Banner

चितवन, असोज ४–
भरतपुर महानगरपालिकाले नीजि स्कुलले विद्यार्थीसँग लिने शुल्क बढाएकोमा अनेरास्ववियु (क्रान्तिकारी)ले आपत्ति जनाएको छ । भरतपुर महानगरपालिकाले केहि दिनअघि संस्थागत विद्यालयले लिने शुल्क २० प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो ।

निर्वाचन खर्च असुल्ने नियतले नीजि स्कुललाई २० प्रतिशतसम्म शुल्क बृद्धि गर्न दिने महानगरको निर्णय अवैज्ञानिक, अव्यवहारिक र असामान्य रहेको क्रान्तिकारीले बताएको छ ।

शुल्क बृद्धि गर्ने निर्णय ७२ घण्टाभित्र खारेज नगरे जस्तोसुकै आन्दोलनको कदम उठाउन संगठन बाध्य हुने अनेरास्ववियु (क्रान्तिकारी) चितवनका संयोजक विकास रसाइलीले प्रेस विज्ञप्ति जारी गरी चेतावनी दिएका छन् ।

‘शिक्षालाई निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण गर्ने दलाल पुंजीपति शिक्षा नीतिको अन्त्य गर्नुपर्ने जरुरी देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी र आम जनताको मौलिक हक अधिकार प्रभावित तुल्याउने गरी जुन हेतुले कथित स्थानीय सत्ता र प्याब्सनले शुल्क बृद्धि गरेको छ । त्यसमा हाम्रो संगठन घोर भत्र्सना गर्दछ ।’

शुल्क बृद्धि गर्ने मनसाय बनाएका अन्य स्थानीय तहलाई समेत शुल्क बृद्धि नगर्न अनेरास्ववियु क्रान्तिकारीले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>