Breaking News

भरतपुरको लंकुमा ७० वर्षीया वृद्धाको सिक्री लुट्ने एक पक्राउ

Banner

चितवन, असोज २–

चितवनको भरतपुर महानगरपालिका–४ लंकुस्थित सडकमा स्थानीय ७० वर्षीया खगेश्वरी भुषालले लगाएको सुनको सिक्री लुट्ने एक व्यक्ति पक्राउ परेका छन् ।

गत भदौ २३ गते विहान ८ बजेको समयमा स्कुटरमा आएका व्यक्तिले बाटोमा हिड्दै गरेकी वृद्धको सिक्री लुटेर फरार भएका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा सिक्री लुट्ने भरतपुर २३ घरभई हाल भरतपुर ५ सृजना टोल बस्ने ४३ वर्षीय झलक जैसीलाई सिक्रीसहित पक्राउ गरेको हो ।

प्रहरीले घटनाको बेलामा प्रयोग गरिएको ना ४३ प ७४८५ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो । जैसीलाई चोरी तथा डाका कसुरमा पक्राउ गरि चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>