भिडियो

प्रेम गीत ३ को हिन्दी र नेपाली भर्सनका २ नयाँ गीत सार्वजनिक (भिडियो)

Banner

काठमाडौँ, भदौ २१–

बहुप्रतिक्षित इण्डो–नेपाली चलचित्र ‘प्रेम गीत ३’ को दुई नयाँ भर्सनको गीत सार्वजनिक भएको छ ।

चलचित्रको शीर्ष गीत ‘हर युग होस्’ र ‘तुम प्यार हो’ बोलको गीत सार्वजनिक गरिएको हो । यस गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । यसअघि २ वर्षअघि सार्वजनिक लिरिकल गीतमा भने प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको थियो । धेरै दर्शकहरुले पुरानो गीत नै उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
हिन्दी गीतमा भने पलक मुछाल र अंकित तिवारीको स्वर रहेको छ ।

यस चलचित्र दशैंको छेको पारेर असोज ७ गतेदेखि नेपाल र भारतसंगै विश्वभर एक साथ प्रदर्शनमा आउँदैछ । चलचित्रलाई सन्तोष सेन र स्वर्गीय छेतन गुरुङले निर्देशन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>