Breaking News

१२ वर्ष हुँदा समेत बनेन प्रधानमन्त्री हुँदा नेपालले शिलान्यास गरेको रौतहटको पुल

Banner

रौतहट, भदौ १

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री हुँदा रौतहटको बाग्मती नदीमा शिलान्यास गरिएको पुल अझै बन्न सकेको छैन् । रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वा बाग्मती नदीमा शिलान्यास गरिएको पुल १२ वर्ष हुँदा पनि बन्न नसकेको हो ।

बाग्मती नदीमा पुल बन्दा स्थानीयवासी वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपालले प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास गरेका थिए । तर आज १२ वर्ष हुँदा समेत पनि उक्त पुलको निमार्ण सम्पन्न नहुँदा स्थानीय मारमा परेका छन् । खोलामा पुल बन्न नसक्दा स्थानीयलाई आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत कठिन भएको छ । उनीहरु जोखिम मोलेर काठको डुङ्गामा यात्रा गर्न बाध्य छन् । त्यस्तै बिरामी हुँदासमेत डुङ्गाबाट नै नदी पार गरेर उपचार गर्न जानुपर्ने त्यहाँको बाध्यता छ । (स्रोतः उज्यालो)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>