देश/प्रदेश

गठबन्धन बनाउन असफल भएपछि चुनावको तयारीमा एक्लै जुटे सीके राउत

Banner

काठमाडौँ, भदौ १

आगामी संघ तथा प्रदेशको चुनावका लागि गठबन्धन बनाउनमा असफल भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउत एक्लै चुनाव लड्ने तयारीमा जुटेका छन् । गठबन्धन बनाएर जाने निर्णय गरेको जनमत पार्टीले निकै प्रयास गर्दा असफल भएपछि एक्लै चुनाव लड्ने निष्कर्षमा पुगेको हो ।

जनमत पार्टीका महासचिव चन्दन सिंह भन्छन्, ‘हाम्रो चाहना मधेसमा एउटा छुट्टै गठबन्धन बनोस् भन्ने थियो । त्यसका लागि हामीले निकै प्रयास गर्यौं । हरेक दलसँग छलफल गर्यौं तर अहिलेसम्मको परिणाम सकारात्मक देखिएको छैन ।’

यद्यपि दलहरुसँग आन्तरिक रुपमा अझै छलफल जारी छ । तर, त्यसलाई सकारात्मक रुपमा लिन सकिँदैन । गठबन्धनका लागि सबैले चाहना देखाए पनि ठोस निर्णय कसैले लिन नसकेको जिकिर महासचिव सिंहको छ । गठबन्धनको नाममा आफूहरुले चुनावी तयारी कमजोर नगर्ने भन्दै सबै क्षेत्रमा तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइसकेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>