चितवन विशेष

मुद्धा मिलाई दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

Banner

चितवन, भदौ १–

मोबाइल चोरीको मुद्धा मिलाई दिन्छु भनि रकम ठगी गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । पीडितको किटानी जाहेरीको आधारमा प्रहरीले गोरखा जिल्ला सिरानचोक गाउँपालिका–४ बस्ने दिलिप श्रेष्ठलाई मंगलबार पक्राउ गरेको हो ।

श्रेष्ठले मोबाइल चोरीको मुद्धामा प्रहरीको हिरासतमा रहेका रौतहट जिल्ला गरुडा नगरपालिका–५ बस्ने २८ वर्षीय रुपनारायण साहको मुद्धा मिलाइदिन्छु भनि साहका भाई सुखारी साहसँग २० हजार रुपैयाँ लिई फरार भएका थिए । श्रेष्ठ सम्पर्कमा नआएपछि सुखारीले जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धि कसुरमा मंगलबार नै किटानी जाहेरी दिएका थिए ।

मोबाइल चोरीको मुद्धा प्रहरी हिरासतमा रहेका रुपनारायण साह सोमबार जिल्ला अदालतको आदेशमा ३० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटिसकेका छन् । ठगी केसमा पक्राउ परेका श्रेष्ठलाई सात दिन हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरी प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>