राजनीति

माओवादी र समाजवादीसहित १२ दल एकल चुनाव चिन्हमा निर्वाचन लडने

Banner

काठमाडौं, भदौं १-

संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिन्ह लिएर निर्वाचन लडने भएका छन । निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा राजनीतिक दलले संघीय संसद र प्रदेश संसदको निर्वाचनमा एकल चुनाव चिन्हमा निर्वाचन लडने भएका हुन । निर्वाचन ४ मंशिरमा हुदैँछ ।

निर्वाचन आयोगका अनुुसार एकल चुनाव चिन्हमा निर्वाचन लडनेमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित १२ राजनीतिक दल रहेका छन ।

यसैगरी, मिननाथ देवकोटा नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी राष्ट्रवादी, युवराज पौडेल सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल र कृष्णगोपाल बञ्जरा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

उता, चरिराज गहतराज नेतृत्वको सामाजिक एकता पार्टी, राजु कार्की नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भएका छन । पुर्व प्रहरी अधिकृत रमेश खरेल नेतृत्वको सुशाषन पार्टी, पुण्यप्रसाद प्रसाई नेतृत्वको सचेत नेपाली पार्टी, गंगालाल श्रेष्ठ नेतृत्वको नेपाल नौलो जनवाद पार्टी र रोमलाल गिरी नेतृत्वको नेपाल आमा पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले जानकारी दिएका छन ।न्युज कारखाना

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>