चितवन विशेष

नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा

Banner

चितवन, भदौ १–

कालिका नगरपालिका–९ जुटपानीस्थित कयर खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा प्रयोग गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले एक स्काभेटर, दुई टिपर र दुई ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गरिरहेको अवस्थामा प्र.३–०१–००३ क ७६७९ नम्बरको स्काभेटर, ना ८ ख २५७१ र ना ८ ख ८५८८ नम्बरको टिपर, ना ७ त २६३२ नम्बर र नम्बर प्लेट नभएको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएका सवारी साधनलाई कालिका नगरपालिकाको कार्यालय पठाइएको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>