चितवन विशेष

देवघाटमा दर्शनार्थीलाई नारायणगढ प्रोफेशनल लायन्सले बाड्यो सर्वत पानी

Banner

चितवन, साउन ३०–

लायन्स क्लव अफ नारायणगढ प्रोफेशनलले देवघाटधाममा पुगेका दर्शनार्थीहरुलाई सोमबार सर्वत पानी वितरण तथा सरसफाई कार्यक्रम गरेको छ । साउन महिनाको अन्तिम सोमबार भएकाले दर्शनार्थीहरुको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै लायन्सले सर्वत पानी वितरण गरेको हो ।

क्लवले विहानदेखि दिउँसोसम्ममा ७० जार र ५० भन्दा बढी काटुन पानी वितरण गरेको थियो । यस्तै क्लवले देवघाटलाई सरसफाइयुक्त बनाउन ‘फोहोर मलाई’ लेखिएको ३० वटा बाल्टिन समेत सहयोग हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आरका गर्भनर एमजेएफ लायन सिद्धार्थलाल चुकेले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ नारायणगढ प्रोफेशनलका द्धितिय उपाध्यक्ष एवं कार्यक्रम संयोजक गोकुल घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । क्लवका कोषाध्यक्ष लायन कृष्ण महतोले संचालन गरेको कार्यक्रम क्लवका अध्यक्ष वसन्त मोहन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>