चितवन विशेष

चितवनको सिजी ल्याण्डमार्क तेस्रो बर्षमा प्रवेश, १० लाखले लिए सेवा

Banner

चितवन,साउन २९-

चितवनको सिजी ल्याण्डमार्क तेस्रो बर्समा प्रबेश गरेको छ । भरतपुर १० क्यापस गेट अगाडि रहेको ल्याण्डमार्क तेस्रो बर्ष प्रवेशको उपलक्ष्यमा आज (आइबार) एक बिशेष कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाका सरोकारवालाको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा केक काटेर खुसियाली साटासाट गरिएको छ ।

सो अवसरमा बोल्दै सिजी ग्रुपका प्रबन्ध निर्देशक राहुल चौधरीले कोभिड १९ को महामारिका विचमा पनि मल चितवनमा स्थापित भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘मल लाई यहाँ ल्याइपु¥याउन सम्पूर्ण चितवनवासीको साथ छ, यो साथका लागि सबैप्रति सिजी ग्रुप कृतज्ञ छ ।’ उहाँले मललाई उपभोक्ताको भरपर्दो बजारका रुपमा स्थापित गरिने बताउनुभयो । चौधरीले कुशलता पूर्वक काम गरेको भन्दै मलको व्यवस्थापन टिमलाई  धन्यबाद ज्ञापन गर्नुभयो ।

चौधरी ग्रुपका बरिष्ठ प्रबन्धक नारायण श्रेष्ठले सिजी ल्याण्डमार्क सहर भित्रको सहर भएको भन्दै यसले छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । सिजी ल्याण्डमार्क आगामी दिनमा ग्राहको रोजाई र चाहाना अनुसर अगि बढ्ने उल्लेख गर्नुभयो ।

भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले सिजी ल्याण्डमार्कले भरतपुरको गरिमा बढाएको बताउनुभयो । उहाँले एकै ठाँउबाट सबै प्रकारका सामान पाइने भएका कारण पनि यसको गरिमा बढेको बताउनुभयो । नेपाल प्रहरीका डिआइजी सन्दिप भण्डारीले आफुले चितवनमा सिजी ल्याण्डमार्क पाउँदा गौरब लागेको बताउनुभयो । ‘चितवनमा पनि यति भव्य सपिङ मल रहेछ,म चितवन आएको छोटो समयमा यसको नियमित ग्राहक भइसके’,उहाँले भन्नुभयो । भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले सिजी ल्याण्डमार्क वडाको गौरबको बिषय भएको बताउनुभयो ।

सिजी ल्याण्डमार्कका निर्देशक इञ्चार्ज राजेन्द्र अर्यालले कोभिडका कारण विगत दुई वर्ष वार्षिकोत्सव मनाउन नपाएपनि पहिलो पटक वार्षिकोत्सव मनाइएको जानकारी दिनुभयो । ल्याण्डमार्कका प्रमुख कार्यकारी अधिकृत उज्वल केसीले वार्षिकोत्सवका अवसर पारेर मनसुन फेष्टिभ अन्तर्गत ५ देखि ४० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो ।

वार्षिकोत्सवको अवसर पारेर साउन २७ देखि ३ दिन मनोरञ्जनात्मक कार्यक्रमहरु भएका थिए । सो अवसरमा मलमा आउने ग्राहकहरुलाई आकर्षक गिफ्टहरु समेत प्रदा न गरिएको केसीले जानकारी दिनुभयो । उहाँले छुट अफर दशैंसम्म कायम रहने बताउनुभयो ।

सिजी ल्याण्डमार्कमा दैनिक सरदर २ हजार जनाले सेवा लिदै आएका छन् । अहिलेसम्म झण्डै १० लाखले मलबाट सेवा लिएको प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिनुभयो । सिजी ल्याण्डमार्क १० तले अत्याधुनिक सुविधासम्पन्न विश्वस्तरको व्यापारिक कम्प्लेक्स हो । यहाँ अन्र्तराष्ट्रिय तथा स्वदेशी उच्चस्तरका ब्राण्डका सामानहरु किनमेल गर्न सकिनेछ । सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभाहल, गेम जोन लगायतका सुविधाहरु मलमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>