देश/प्रदेश

काठमाडौँमा जाँड–रक्सी खाएर स्कुल बस चलाउने ६ जना चालकलाई कारबाही

Banner

काठमाडौँ, साउन २९ –

काठमाडौँमा जाँड–रक्सी खाएर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेको हो ।  चालकहरुमध्ये ६ जनाले मध्यापान सेवन गरि स्कुल बस चलाएका थिए ।

ट्राफिक प्रहरीले आउँदा दिनमा समेत स्कुल बस चलाउनेहरूको जाँच तथा ट्राफिक सचेतनाका कार्यक्रम नियमित गर्ने जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउनको आठ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसहरूलाई कारबाही तथा सचेत गराउने अभियान सुरु गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>