देश/प्रदेश

सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड, कर्मचारी पनि कुटिए

Banner

काठमाडौँ, साउन २९

शेयर बाँडफाँटमा असहमति जनाउँदै रसुवाको साञ्जेन जलविद्युत् कम्पनीमा स्थानीयले तोडफोड गरेका छन् । करिब ७०-८० जनाको समूहमा आएका स्थानीय रसुवाले पाउने १० प्रतिशत सयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कार्यालयमा तोडफोड गरिएको हो । उक्त समुहले जलविद्युत् आयोजनाको कार्यालय, पेट्रोल पम्प, गाडीमा तोडफोड गर्नुका साथै कर्मचारी माथी पनि कुटेका गरेका छन् ।

उनीहरुले साञ्जेनको कार्यालय र सम्पत्ति तोडफोड गरेपछि उनीहरूले माथिल्लो साञ्जेनको कार्यालय पनि तोडफोड गर्ने चेतावनी दिएका छन् । २०७६ सालमै भएको निर्णय र सहमतिअनुसार नै शेयर जारी गर्न लाग्दा गत्लाङका बासिन्दाले पहिलेदेखि नै असहमति जनाउँदै आएका थिए ।

त्यस्तै कम्पनीका कर्मचारीले दिएको जानकारी उक्त तोडफोडबाट आयोजनाको झन्डै पाँच करोड रुपैयाँको क्षति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>