चितवन विशेष

भरतपुरको सचेतना महिला समूहको प्रस्तुतिमा दाइजो प्रथाविरुद्धको तीज गीत ‘कुशपानी’ सार्वजनिक

Banner

चितवन, साउन २६-

भरतपुर महानगरपालिका–९ को मिलन सचेतना महिला समूहको प्रस्तुतिमा दाइजो प्रथाविरुद्ध तीज गीत ‘कुशपानी’ सार्वजनिक भएको छ ।

गीतमा डा. भारतीशर्मा रेग्मीको शब्द र लक्ष्मी सापकोटा कँडेलको लयमा, डा.रेग्मी र रमिता न्यौपानेको स्वर रहेको छ । यस तीज गीतले समाजमा दाइजोका कारण चेलीहरुले ज्यान गुमाउनु परेकोले यो विकृतिको रुपमा बढिरहेको दाइजो प्रथाको विरुद्ध सचेतना जगाउनका लागि निर्माण गरिएको डा. रेग्मीले जानकारी दिइन् । दाइजो प्रथाको विरुद्ध निर्माण गरिएको यस गीतले समाजमा राम्रै सन्देश दिने भरतपुर वडा नं ९ का अध्यक्ष यमलाल कँडेलले बताए ।

मेडिकल क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव संगालेकी भएका डा. भारती शर्मा रेग्मी १० वर्षदेखि चितवन मेडिकल कलेजमा एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर फिजिसियनका रुपमा कार्यरत छन् ।

साहित्य र संगीत प्रति पनि विशेष रुचि राख्ने डा. रेग्मीले विभिन्न गिती एल्बम पनि निकालेकी छन् । खासगरी तीजको बेलामा गिती एल्बम निकाल्ने डा. रेग्मीले यसपटक दाइजो प्रथाको बिरुद्ध सचेतनामूलक सम्धिनी सम्धिनीबीचको वार्तलाप रहेको तीज गीत ‘कुशपानी’ सार्वजनिक गरेकी हुन् । यस गीतमा संगीत बिबी अनुरागी, रेर्कडिङ रामकान्त पौडेलले गरेका हुन् ।

स्टुडियो कालिका गँैडाकोटको दृश्य निर्माण रहेको यस गीतमा घना गुरुङ र जगन कँडेलको छायांकन तथा सम्पादन रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>