Uncategorized

सरकारले निर्वाचन मिति घोषणा गरेसँगै देशमा बढ्यो चुनाव चर्चा र महँगी

Banner

काठमाडौँ, साउन २६-

सरकारले संसदीय निर्वाचन मिति घोषणा गरेसँगै चुनावको चर्चा र महँगी ह्वात्तै बढेको छ । सरकारले केही दिनअघि मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै पटक गर्ने निर्णय गरेपछि देशमा चुनावको चर्चा भन्दा बढी महँगी बढेको हो । जस्को सिकारमा स्थानीय परेका छन् ।

चुनाव सुरु हुन झन्डै तीन महिना भन्दा बढी छ तर सहरका चोक गल्लीहरूमा चुनावी चर्चा भने सुरु भएको छ । त्यस्तै चुनावमा राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवारले गर्ने खर्चको हिसाबकिताब सुरु भइसकेको छ । चुनाव लड्नका लागि सम्भावित उम्मेदवारले सम्भावित रकमको जोहो गर्न सुरु गरिसकेका छन् । यस्तो अवस्थामा बजारमा झन् महँगी मात्रै बढ्ने छैन, बेथिति पनि बढ्ने निश्चित छ ।

यसलाई नियन्त्रण गर्न सरकारले ठोस कदम चाल्न नसकेमा त्यसको दूरगामी असर मात्रै होइन, राज्यप्रति आम नागरिकको आशा, विश्वास र भरोसा पनि टुट्ने छ । त्यसतर्फ सरकार, राजनीतिक दलका नेतृत्व, कर्मचारीतन्त्र, व्यापारी र सरोकारवाला पनि सचेत हुन जरुरी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>