अन्तर्राष्ट्रिय

चिनियाँ अभ्यासको प्रतिक्रियामा ताइवानले पनि गर्‍यो सैनिक अभ्यास

Banner

चीन, साउन २६

चीनले व्यापक सैन्य अभ्यास गरेपछि त्यसको जवाफमा ताइवानले पनि अभ्यास थालेको छ । चीनको अभ्यासको जवाफमा ताइवानले पनि आज बिहीवार लाइभ अभ्यास गरेको हो ।

समाचार संस्था रोयटर्सका अनुसार ताइवानले युद्ध भएमा आफू तयार रहेको सन्देश दिन आज अभ्यास गरेको छ । ताइवानको आठौँ आर्मी ब्याचका प्रवक्ता लोउ वोइ जेले आज रक्षात्मक अभ्यासको रूपमा पिङतुङ क्षेत्रमा अभ्यास गरिएको बताएका छन् । ताइवानले वास्तविक हतियार नै चलाएर अभ्यास गरेको थियो । तर ताइवानका एक सैनिक अधिकारीले भने आजको अभ्यास चीन लक्षित नभइ तोपखानको उचित व्यवस्थापन र मर्मत अवस्था जाँच्नका लागि भएको बताएका छन् ।

ताइवान आफ्नै देशको भूमि भन्दै गम्भीर चेतावनी र आपत्तिका बीचमा पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले एक हप्तासम्म ताइवान वरपरको क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>