Breaking News

मोर्चा बनाएर एउटै चुनाव चिह्नमा चुनाव लड्न प्रचण्डलाई भट्टराईको आग्रह

Banner

काठमाडौँ, साउन २६-

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मोर्चा बनाएर एउटै चुनाव चिह्नमा चुनाव लड्न आग्रह गरेका छन् ।

नेसपा स्रोतका अनुसार नेसपाका अध्यक्ष भट्टराईले बिहीबार माओवादीका अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई भेटेर मोर्चा बनाएर एउटै चुनाव चिह्नमा चुनाव लड्न आग्रह गरेका हुन् ।

भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका छन्।

माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा.भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>