Breaking News

चितवनमा आजदेखि कृषि सामग्री कम्पनीको मल आउने,एक हप्तापछि मात्रै वितरण हुने

Banner

प्रतिमा कुमाल,

चितवन, साउन २६-

चितवनमा आज (बिहिबार) देखि कृषि सामग्री कम्पनीले खरिद गरेको रासायनिक मल (युरिया) आउने भएको छ । कम्पनीका अनुसार चितवनमा आज मात्रै ४६ मेट्रिकटन मल आउन लागेको हो ।

चितवनका लागि ५ सय ५५ मेट्रिकटन मल मात्रै उपलब्ध भएको कम्पनीका चितवन शाखा प्रबन्धक राजेन्द्र वगालेले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डर प्रणाली मार्फत नेपालमा मल ल्याएको हो । यसपटक देशभर मलको हाहाकार भएको छ । साल्ट ट्रेडिङ कर्पौरेशनले ल्याएको थोरै परिमाणको मल वितरण गरिसकेको जनाएको छ । तर किसानलाई चाहिने जति मल उपलब्ध हुन सकेको छैन ।

कृषि सामग्री कम्पनीले जिल्लामा एक हप्तापछि मात्रै मल वितरण गर्ने प्रवन्धक बगालेले जानकारी दिनुभयो । यहाँ यो सिजनको धान बालिमा मात्रै ३ हजार मेट्रिकटन मलको आवश्यकता छ । किसानको माग धेरै भएपनि सरकारी निकायबाट थोरै मात्रै मल उपलब्ध गराउन लागिएको हो ।

रासायनिक मल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) नाका हुँदै नेपाल ल्याइएको हो । सरकारले ग्लोबल बोलपत्रमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले पाएको थियो । ओमानबाट नेपालका लागि आयात गरिएको मल पानीजहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकाता बन्दरगाह हुँदै त्यहाँबाट रेलमा वीरगञ्ज ढुवानी हुँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>