Breaking News

मतदान स्थल र केन्द्र बढेकै कारण यो निर्वाचनमा १ लाख ३० हजार म्यादी प्रहरी भर्ना खुलाउने योजना

Banner

काठमाडौँ, साउन २६-

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख ३० हजार म्यादी प्रहरीका लागि भर्ना खुलाउने भएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको हो ।

त्यस्तै मन्त्रिपरिषद्ले मंसिर ४ मा निर्वाचनको मिति घोषणा गरेपछि उक्त निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक पर्ने निष्कर्ष आएको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।

तर यस निवार्चनमा भने मतदान स्थल र केन्द्र बढ्ने हुनाले पहिलोको भन्दा ३० हजार बढी म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सबै कारागारमा मतदान केन्द्र रहने हुनाले म्यादीको संख्या बढाउनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>