चितवन विशेष

ढकालहरुको तीन दिने विशेष राष्ट्रिय भेला देवघाटमा हुने

Banner

चितवन, साउन २५–

देशभरका ढकाल बन्धुहरुको राष्ट्रिय भेला चितवनको देवघाटमा हुने भएको छ । नेपाल ढकाल प्रतिष्ठानको आयोजनामा साउन २६, २७ र २८ गते देवघाटमा ढकाल विशेष राष्ट्रिय भेला तथा केन्द्रीय संचालक समितिको पूर्ण बैठक हुन लागेको हो ।

प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरि भेलाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको हो । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालले भेलाको दिउँसो १२ बजे समुद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । भेलामा ढकाल बन्धुहरुको अहिलेको अवस्था र भावी कार्ययोजनाको बारेमा छलफल हुनेछ ।

प्रतिष्ठानको हालसम्म देशका ६६ जिल्लामा शाखा विस्तार भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>