चितवन विशेष

चितवनमा घर बहालको धरौटी रकम र अस्वभाविक भाडा बृद्धि अन्य गर्न माग गर्दै मेयरलाई ज्ञापनपत्र

Banner

चितवन, साउन २५-

नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले घर बहालका विषयमा देखिएका समस्या न्यूनीकरण र समाधानका लागि भरतपुर महानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीलीले आज (बुधबार) भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै दाहालले महानगरको तर्फबाट आवश्यक नीति निर्माणमा पहल गरिने बताइन् । सोही अवसरमा प्रमुख प्रसासकीय अधिकृत रामबन्धु सुवेदीले उल्लेखित प्रस्तावहरु धेरै सकारात्मक रहेकोले यसको विषयमा गम्भीर छ्लफल गरि आवश्यक नीति निर्माणका लागि नगर सभामा समेत लैजाने बताए । ज्ञापन पत्रसहितको छलफल कार्यक्रममा महानगरका राजस्व अधिकृत, लेखा अधिकृत र मञ्चको तर्फबाट सल्लाहकार तथा घरबहाल सरोकार महासंघका केन्द्रीय सदस्य पाण्डव ढकाल, जिल्ला उपाध्यक्ष गणेशप्रसाद पौडेल, महासचिव जनकलाल कट्टेल, कार्यसमिति सदस्य गणेश पौडेल , सुरेन्द्र केसीलगायतको उपस्थिति रहेको थियोे । ज्ञापनपत्रको बोधार्थ जिल्ला समन्वय समिति चितवन, जिल्ला प्रसासन कार्यालय र क्रमश प्रत्येक पालिकामा बुझाउने अध्यक्ष पराजुलीले बताए ।

ज्ञापन पत्रमा घर बहाल ऐन,कानुन, अपूर्ण रहेकोले बहाल मैत्री स्पष्ट कानुनको ब्यवस्था हुनुपर्ने, यस क्षेत्रमा देखिएका नीतिगत समस्याहरू पहिचान गरी सुधारका लागि पहल गर्नुपर्ने लगायत मागहरु राखिएका छन् । त्यसैगरी घर बहालको विषय प्रत्यक्ष रूपमा मानव अधिकारसँग जोडिएको हुनाले राज्य, घरधनी र बहालवाला बीचको सम्बन्धमा असर नपर्ने गरी आम नागरिकको सुरक्षित बसोबास र व्यवसायको सुनिश्चितता हुनुपर्ने बताइएको छ । यस्तै गरै कानुनी रुपमा लिइदैं आएको धरौटी रकम र अस्वभाविक भाडा  बृद्धि दर अन्य हुनुपर्ने मन्चको माग छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>