चितवन विशेष

भरतपुरको सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सवमा ग्राहकलाई आकर्षक छुट,विभिन्न कार्यक्रमको आयोजना

Banner

चितवन,साउन २५-

चितवनको भरतपुरस्थित अत्याधुनिक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सवका अवसरमा ग्राहकलाई आकर्षक छुटको दिने भएको छ। सिजी ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको छ। वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिन पाउने मलले जनाएको छ।

मलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल केसीका अनुसार वार्षिकोत्सवको अवसरमा मलमा आउने ग्राहकका लागि गिफ्टको समेत व्यवस्था गरिएको छ । सहरभित्रको सहर नाराका साथ सञ्चालन भइरहेको सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसर पारेर मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरेको छ। पछिसम्म चल्ने मनसुन अफरअन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटहरुले आकर्षक छुट दिनेछन्।

ग्राहकले मलप्रति दर्शाएको स्नेहबाट उत्साहित हुँदै उनीहरुलाई बेग्लै किसिमको अनुभव दिन भव्य कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन लागेको केसीको भनाइ छ। केसीका अनुसार सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने एकमात्र गन्तव्य हो। यहाँ सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभा हललगायतका सुविधा उपलब्ध छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>