Breaking News

महँगीको मारमा सौराहाको पर्यटन व्यवसाय, बुकिङको सिजनमा देखिएन उत्साह

Banner

मधुसूदन दवाडी

चितवन, साउन २५–

कोरोना महामारीले थलिएको सौराहाको पर्यटन व्यवसाय तंग्रिन नपाउँदै फेरि महँगीको मारमा परेको छ ।

अगस्ट लागेपछि होटलहरुमा बुकिङ सुरु हुने सौराहामा अहिले भने बाह्य पर्यटकहरुले थोरै सोधपुछ गर्न थालेका छन् । अझै पनि सौराहाका व्यवसायीहरु बाह्य भन्दा आन्तरिक पर्यटनकै भर पर्न बाध्य छन् । महँगीका कारणले जहाज भाडादेखि खान र बस्न महंगो भएपछि पर्यटकहरु पनि समस्यामा परेको होटल व्यवसायीहरु बताउँछन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले महंगी र नेपालको विभिन्न मुख्य सडकहरुमा देखिएको समस्याले सौराहसम्म पर्यटक आउन समस्या भएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ कोरोनापछि अहिले होटल तथा पर्यटन क्षेत्र महंगीको मारमा परेको छ । सौराहामा आन्तरिक पर्यटककै भर हो । पोखरा, बुटवल र मुग्लिन सडकले गर्दा पनि सौराहा आउने भारतीय पर्यटकहरु घटेका छन् । सेप्टेम्बरबाट केही बाह्य पर्यटकहरु आउँछन् कि भन्ने आशा छ ।’ अध्यक्ष भट्टराईले अहिले कोरोनाले गर्दा दिएको छुटमा नै होटलहरुको प्याकेज चलिरहेको नयाँ सिजन सुरु भएपछि संघ नयाँ प्याकेज ल्याउने सोचमा रहेको बताए ।

क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले युरोप र अमेरिकाबाट आउने हवाइ भाडामा ५० प्रतिशत वृद्धि भएकोले पर्यटकहरुलाई समस्या भएको विचार राखे । उनले भने, ‘महंगीको कारणले पर्यटकहरुको क्रय शक्ति घटेको छ । सेप्टेम्बर र अक्टोबर मुख्य सिजन भएकोले त्यो समय पर्यटक आउँछन् भन्ने पर्खाइमा छौं । अहिले विभिन्न देशबाट शुल्कको बारेमा पर्यटकले सोधखोज गरिरहेका छन् ।’

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन चितवनका अध्यक्ष नरेश गिरीले पर्यटन क्षेत्रमा एकपछि अर्काे समस्या आइरहेको बताए । उनले भने, ‘ कोरोना महामारीपछि अहिले महंगीको मारमा परेको पर्यटन व्यवसाय फेरि वल्र्डकपको पनि मारमा पर्ने देखिएको छ । वल्र्डकप कतारमा हुने भएकोले पर्यटकलाई हवाइ टिकट पाउन नै समस्या हुन्छ ।’

क्रय शक्ति घट्यो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार ‘प्रतिपर्यटकको नेपालमा हुने प्रतिदिन खर्च’ को आँकडाले पनि पर्यटकको नेपाल बसाइ र खर्च गर्ने प्रवृत्ति घट्दै गएको देखाउँछ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८\७९ मा भ्रमणमा आएका पर्यटकले दिनको ४८ डलर (६ हजार १०८ रुपैयाँ) खर्च गरेका थिए । यसअघि योगेश भट्टराईले पर्यटन मन्त्रालयल सम्हालेको वर्ष २०७६\७७ मा पनि ५६ डलर प्रतिदिन लक्ष्य राखिएकामा ८ डलरले घटेर ४८ नै पुगेको थियो । २०७७\७८ मा भने पर्यटकले दिनको ६५ डलरसम्म (८ हजार २७१ रुपैयाँ) खर्च गरेका थिए ।

क्वारेन्टाइन बसाइका कारण विदेशी पर्यटकको बसाइ अघिल्लो आर्थिक वर्ष १५ दशमलब ५ दिनमा पुग्यो तर आम्दानी अघिल्लो वर्षको दाँजोमा घटेको देखिन्छ । प्रतिवेदन अनुसार गत वर्ष सरकारले पर्यटकको प्रतिदिनको खर्च ६३ डलर (८ हजार १७ रुपैयाँ) पु¥याउने लक्ष्य राखेको थियो । तर, पर्यटकको आगमन एक लाख ५० हजारमै खुम्चिएका कारण विदेशीले प्रतिदिन गर्ने खर्चको लक्ष्य प्राप्त हुन सकेन । गत वर्ष नेपाल आएका पर्यटक २०७६÷७७ को पर्यटक आगमनको दाँजोमा करिब साढे १० लाखले कम हो भने २०७७÷७८ को दाँजोमा ८० हजारले कम हो । कोभिडको विश्वव्यापी असर, पश्चिमा मुलुकको आर्थिक मन्दी, युक्रेन र रसियाबीच द्वन्द्वलगायतका कारण नेपालले पर्यटन क्षेत्रबाट धेरै आकांक्षा गर्न सकिने अवस्था नहरेको व्यवसायीहरु बताउँछन् । अहिले धेरैजसो पर्यटक डिजिटल प्लेटफर्मबाट होटल तथा टुर प्याकेज बुक गरिरहेका हुन्छन् । आफ्नै मुलुकका एजेन्टमार्फत नेपाल भ्रमणमा आउँन थालेका छन् । अझ चिनियाँ पर्यटक त विच्याटमार्फत खर्च गर्छन् ।

पर्यटन मन्त्रालयका अनुसार, गत वर्षसम्म देशभर १८ वटा ५ तारे र १४४ वटा एकदेखि चारतारे होटल पुगेका छन् । यीबाहेक पर्यटक स्तरीय होटल करिब एक हजार २०० तथा ४०० हाराहारी होमस्टे छन् । होमस्टेलाई समेत समेट्दा बेड संख्या ५० हजार हाराहारी पुगेको देखिन्छ ।

;f}/fxfdf ko{6s
lrtjgsf] ;f}/fxf l:yt /fKtL lsgf/df /dfpFb} u/]sf ko{6s . tl:a/ M gf/fo0f 9’+ufgf, /Tggu/, lrtjg-/f;;_

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>