घटना -दुर्घटना

बालाजु बाइपासको जुत्ता कारखानामा आगलागी

Banner

काठमाडौं, साउन २५-

बालाजु बाइपासको एक जुत्ता कारखानामा आगलागी भएको छ ।

आगलागी नियन्त्रणका लागि प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार आगलागी नियन्त्रणका लागि एउटा दमकल घटनास्थल पठाइसकिएको छ । आगो निभाउने प्रयास भइरहेको साथै विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>