चितवन विशेष

भरतपुर–११ को हाम्रो चित्रवन सहकारीले ल्यायो एक अर्ब ४० करोड बढीको बजेट

Banner

चितवन, साउन २१-

भरतपुर महानगरपालिका–११ मा रहेको हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको र्आिर्थक वर्ष २०७८\०७९ को वार्षिक समीक्षा बैठक सकिएको छ ।
संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका सचिव कृष्णप्रसाद पौडेलले आर्थिक वर्ष २०७८\७९ को वार्षिक प्रगति समीक्षासँगै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको बारेमा विवरण प्रस्तुत गरेका थिए ।

आगामी नीति तथा कार्यक्रममा संस्थाले आगामी वर्ष वित्तीय कार्यक्रमका साथै सदस्य सेवा कार्यक्रम, सुशासन सम्बन्धी कार्यक्रम, सामुदायिक उत्तरदायित्वका कार्यक्रम, तालिम तथा शिक्षा कार्यक्रम, प्रविधिको विकास र प्रयोगसम्बन्धी व्यवस्था लगायतका विषय समेटिएको उनले बताए ।

बैठकमा प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले गत आर्थिक वर्षको प्रगति समीक्षासँगै चालु आर्थिक वर्षको लागि एक अर्ब ४० करोड ७८ लाख ७३ हजार को कुल पुँजीसहित पाँच करोड ३१ लाख ४० हजार मुनाफा पु¥याउने प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

समीक्षा बैठकमा संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले संस्थाको गत वर्षको आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परिक्षण कार्य सम्पन्न भएको र चालु आवमा सामाजिक लेखा परीक्षणको कार्य भइरहेको हुदा यसवाट संस्था सुशासनमा जाने र संस्थाले यस वर्ष स्तरीकरण कार्यक्रम अन्तरगत एक्सेस कार्यक्रमको समेत अडिट गर्ने बताए ।

साथै संस्थाले एटीएम. सेवा अन्तरगत भिजा कार्ड प्रयोगमा ल्याएको, मोबाइल एप्स, क्यूआर कोड सञ्चालनमा आएको जानकारी गराउँदै चालु आर्थिक वर्षको लागि संस्थाले लिएको नीति कार्यक्रम र बजेटलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याएर शेयर सदस्यलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>