चितवन विशेष

भरतपुर महानगर क्षेत्रमा पर्ने सडकका खाल्डाखुल्डी कालिका नगरपालिकाले पुर्‍यो

Banner

चितवन, साउन २१-

कालिका नगरपालिकाका मेयर विनोद रेग्मीको सक्रियतामा भरतपुरबाट पदमपुर जाने सडकका खाल्डाखुल्डी पुरिएको छ । कालिकाका नागरिकलाई सडकमा आवतजावत गर्न असुविधा भएपछि कालिकाले भरतपुर महानगरपालिकाभित्र पर्ने सडकको खाल्डाखुल्डी पुरेको हो ।

कालिकाका मेयर विनोद रेग्मीले दिनहुँ कालिका नगरपालिकाका नागरिकहरु ओहोरोदोहोरो गर्ने यो सडकका खाल्डाखुल्डी पुरिएको बताए । उनले भने, ‘खासै ठूलो काम होइन । सडकको खाल्डाखुल्डी पुरेको हो । भरतपुर महानगरपालिकाले यो काम गर्नुपर्ने हो तर नगरेपछि हामीले गरेका हौं । अब उहाँहरुले देख्नुभएकै छ । छिट्टै पिच गर्नुहोला । ’

भरतपुर महानगरपालिकाबाट भोजाडहुँदै खगेरी खोलासम्म भरतपुर महानगरपालिका पर्छ । कालिका नगरपालिकाले भरतपुर महानगर क्षेत्रभित्र नै पर्ने सडकलाई आएर मर्मत गर्नु निकै स्वागतयोग्य काम भएको पदमपुरबासीले जनाएका छन् । उनीहरुले सामाजिक सञ्जालमा भनेका छन्, ‘ खगेरीदेखि भोजाडसम्मको यो बाटो भरपुर महानगरले गर्नुपर्ने काम कालिका नगरले जनताको दुःख मर्कालाई बुजेर मर्मत कार्य सुरु गरिएको छ । यो अति राम्रो कामको लागि सम्पूर्ण कालिका नगरका सम्पूर्ण जनप्रतिनिधि विशेष गरी नगर प्रमुख विनोद दाइलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>